बलात्कारको आरोपमा सात वर्षका बालक थुनामा

२ बैशाख २०७१, मंगलवार ०७:०० मा प्रकाशित

भैरहवा, २ वैशाख । सात वर्षका बालकले बलात्कार गरे भन्दा सुन्दा पनि अचम्म लाग्छ र पत्यार लाग्दैन । चिकित्साविज्ञानले असम्भव ठानेको र कानुनले समेत कल्पना नगरेको यस्तै कसुरमा दोषी हुनसक्ने आशंका गर्दै रुपन्देहीका सात वर्षका एक बालकलाई अदालतको आदेशमा अनुसन्धानका लागि थुनामा राखिएको छ ।

सिद्धार्थनगर नगरपालिका ५ निवासी सात वर्षका बालकलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ । सोही वडामा बस्ने ६ वर्षकी बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले उजुरी दिएपछि उनलाई प्रहरीले। आइतबार नियन्त्रणमा लिएको थियो । प्रहरीले आइतबारनै उनलाई अदालतमा पेस गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश बालचन्द्र शर्माको इजलासले बालकलाई बालमैत्री थुनाकक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बालिकाका अभिभावकले बिहीबार बालिकामाथि करणी गरेको उजुरी प्रहरीमा दिएका थिए । बलात्कारका सम्बन्धमा कानुनी रुपमा कुनै प्रमाण नभए पनि अभिभावक र केही सामाजिक संस्थाको दबाबमा बालकलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक दीपक न्यौपानेले स्वीकार गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा