नन्ददेवरले दिनभर भाउजुलाई सिस्नो लगाउँदा

२ बैशाख २०७१, मंगलवार ०६:५३ मा प्रकाशित


अछाम, २ वैशाख । सदरमुकाम मंगलसैन गाविस ५ की कविता विकले आइतबार राम्रोसँग खाना खानसमेत पाइनन्। उनका देवरहरूले बिहानदेखि बेलुकासम्म पटकपटक सिस्नो लगाए।

बिहान उठ्नेबित्तिकै धारामा नुहाउन जाँदा उनका देवरले सिस्नो लगाउन थालेका हुन्। तर उनले देवरसँगको कुनै रिसइबिका कारण सिस्नो खानुपरेको भने होइन।

यहाँ मनाइने परम्परागत बिसु तिहारका अवसरमा देवरले भाउजूलाई यसरी सिस्नो लगाउने गर्छन्। कवितामात्र हैन गाउँका अधिकांश महिला नयाँ वर्षको सन्दर्भमा बिसु पर्वका दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त देखिन्थे।

जसका धेरै देवर तथा नन्द हुन्छन्, ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्ने हुन्छ। बिसु तिहारमा सिस्नो लगाउने परम्परा पहिलेदेखिकै रहेको छ । यो परम्परा सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ।

देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको बस्ती ६ की सरस्वती जैसी बताउँछिन्।

बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै अछाम, बाजुरालगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ स्थानीय खानाको परिकार पकाएर खाने चलन छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण