माओवादी र कांग्रेसका पेसेबर गुण्डाहरुको झडपमा गोलि चल्यो

२० बैशाख २०६९, बुधबार १९:१९ मा प्रकाशित

विराटनगर, २० वैशाख । माओवादी र कांग्रेसका पेसेबर गुण्डाहरुको दुई समूहबीच बिहिबार झडप हुँदा मोरङको उर्लाबारीमा गोली चलेको छ । माओवादी र कांग्रेसका पेसेबर गुण्डाहरुको समुहको बिचमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। पेसेबर गुण्डाहरुको झडपमा माओवादी गुण्डा सुसन लिम्बु लगायत घाइते भएका छन्। थप घाइतेको संख्या र स्थति एकिन हुन सकेको छैन। माओवादी र कांग्रेसका पेसेबर गुण्डाहरुको दुई समूह काँग्रेस क्षेत्र नं. ९ का सभापति खड्ग फागोको उर्लाबारी-२ स्थित घरमा झगडा गर्न पुगेका र झडप नियन्त्रण लिन फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

माओवादी र कांग्रेसका पेसेबर गुण्डाहरुको झडपका क्रममा तीन वटा मोटरसाइकल जलाइएको छ। त्यसक्रममा सभापति फागोसहित, कांग्रेस गुण्डाहरु साङ्गे लिम्बु, नारायण सिटौला, सनम मोक्तान र फागेका भाइ विक्रान्तलाई उर्लाबारी प्रहरीले नियन्त्रणमा लिएको छ। सुसन र साङ्गेको गुण्डा गर्दी गर्ने समूह काँग्रेसको नाउँमा लामो समयदेखि उर्लाबारी आस पास क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा