शान्ति दौडको आयोजना

२ बैशाख २०७१, मंगलवार ०६:४३ मा प्रकाशित

काठमाडौँ, २ वैशाख । खेलाडी र खेल जगतको दिगो विकास तथा मुलुकमा शान्तिको कामना गर्दै राजधानीमा शान्ति दौडको आयोजना गरिएको छ ।

नेपाल थाई बक्सिङ सङ्घले सोमबार बिहान आयोजना गरेको शान्ति दौड सुकेधाराबाट सुरु भई चक्रपथ, महाराजगन्ज हुदैँ पुनः सुकेधारा पुगेर टुङ्गिएको थियो ।

दौडमा बक्सिङ सङ्घका खेलाडी, खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

दौडको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री पुरुषोेत्तम पौडेलले बक्सिङ खेलको विकासका लागि सरकारले विशेष जोड दिने बताउनुभयो ।

उहाँले खेलकुद जगतमा विगतमा भएका कमी कमजोरीलाई सच्याएर नयाँ सोच र प्रभावकारी योजनाका साथ अघि बढ्न नयाँ वर्ष २०७१ सालले प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।

नेपाल थाई बक्सिङ सङ्घका अध्यक्ष नमराज भण्डारीले विश्वकै प्रख्यात खेल थाई बक्सिङलाई नेपालमा प्रबद्र्धन गर्न जरुरी भएको बताउनुभयो ।

विश्वको चर्चित खेल मानिने बक्सिङ खेल थाइल्यान्डबाट नेपालमा सन् २००७ मा भित्र्याइएको हो । यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । नेपालमा करिब एक हजार ३०० थाई बक्सिङ खेलाडी रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार