मुद्दा फिर्ताको मागसहित एमाओवादीद्वारा शीर्ष बैठक बहिष्कार

२ बैशाख २०७१, मंगलवार ०६:३९ मा प्रकाशित

काठमाडौं, २ वैशाख । गोरखा फुजेलको हत्या प्रकरणमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै एमाओवादीले प्रमुख तीन राजनीतिक दलको बैठक बहिस्कार गरेको छ ।

संविधानसभा मातहतमा रहने समितिका सभापति चयन, संविधानसभाको पूर्णता, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनलगायत समसामयिक अन्य विषयमा निष्कर्षमा पुग्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकको प्रारम्भमै एमाओवादीले गोरखाको फुजेल घटनाबारे आफ्ना भनाइ राखेर बाहिरिएको हो ।

द्वन्द्वको समयमा भएको फुजेल घटनालाई अतिरन्जित गरेर विस्तृत शान्ति सम्झौता विपरीत सरकारले मुद्दा दायरको प्रक्रियाअघि बढाएको एमाओवादीको आरोप छ ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गोरखाको फुजेल घटनालाई लिएर एमाओवादीले बैठक बहिष्कार गरेको बताए । उनले सबै अनुसन्धान र कानुनी प्रक्रिया पु¥याएर सरकारका तर्फबाट आइतबार मुद्दा दायर गरे पछि एमाओवादी नेतृत्व त्रसिएको छ ।

एमाओवादीले मुद्दा फिर्ता लिन समयसीमा नदिए पनि मुद्दाका विषयमा सरकार टुङगोमा नपुगेसम्म वार्तामा बस्न अप्ठेरो हुने प्रतिक्रिया दिएको पौडेले जानकारी दिए ।

मुद्दा अदालतमा प्रवेश गरिसकेकाले मुद्दामा अदालतबाट ढिलाइ भएमा संविधानसभाका प्रक्रिया समेत ढिलाइ हुनसक्ने संकेत समेत उपसभापति पौडेलले बताए ।

बैठकमा भाग लिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी बालुवाटार पुगेका थिए ।

कृष्णप्रसाद अधिकारीको हत्याको विषयलाई लिएर आइतबार चितवन जिल्ला अदालतमा आफ्ना नेता तथा कार्यकर्तालाई मुद्दा दर्ता गरिएको भन्दै बैठक बहिस्कार गरेको पार्टीका केन्द्रीय सदस्य एवम् अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

आफ्ना पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अगाडि बढिरहेको बेला सरकारको कदम शान्ति सम्झौता विपरीत भएको एमाओवादीको भनाइ छ ।

कांग्रेका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति पौडेल, महामन्त्री प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला तथा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिव विष्णु पौडेल सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र