मुख्य सचिवसहितका उच्च अधिकारीद्वारा वाग्मतीमा स्नान

१ बैशाख २०७१, सोमबार १८:२० मा प्रकाशित

काठमाडौं, १ वैशाख । सरकारका उच्च अधिकारीले वाग्मती नदीमा स्नान गरेका छन् ।

वाग्मती नदी सफाइ अभियान शुरु गरेको एक वर्ष पुगेका अवसरमा आज (सोमबार) मुख्यसचिव लीलामणि पौड्यालसहितका अधिकारीले गह्येश्वरी घाटमा स्नान गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, सहरी विकास मन्त्रालयका सचिव किशोर थापालगायतका अधिकारीले पनि स्नान गरे ।

स्नान गर्नुअघि मुख्यसचिव पौड्यालले वागमती नदी सफाइमा निरन्तर लाग्ने प्रतिबद्धतासहितको शपथ खुवाएका थिए । नदीको पानी तुलनात्मक रुपमा सफा भएको र सफाइ अभियान क्रमशः सफलताको दिशामा अगाडि बढेकाले स्नानको कार्यक्रम राखेको सचिव बाँस्कोटाले जानकारी दिए ।

वाग्मतीलाई नुहाउनयोग्य बनाउनका लागि नदीमा मिसाइएको ढल तथा मलमूत्रको उचित व्यवस्थापन गरिएको छ । ढल व्यवस्थापनका लागि नदीको दायाँबायाँ दुवै किनारमा ठूलाठूला ह्युमपाइप राखिएको छ । सोही कारण नदीमा मलमूत्र मिसिन पाएको छैन । करीब २५ वर्ष पहिले वाग्मतीको पानी पिउन र नुहाउनयोग्य थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण