‘विधि र प्रक्रिया पूरा गरेर स्थानीय चुनाव हुन्छ’

१ बैशाख २०७१, सोमबार १३:३० मा प्रकाशित


बनेपा, १ वैशाख । उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै दलको विरोध भए पनि स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
काभ्रेको बनेपामा आज (सोमबार) आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक सहमतिको प्रयास गरिने त्यसबाट परिणाम नआए विधि र प्रक्रिया पूरा गरेर स्थानीय चुनाव गराउने बताए । उनले भने, ‘सहमति हुन नसके विधि र प्रक्रिया पुराएर चुनाव गराउँछौं ।’
उनले प्रमुख राजनीतिक दलको घोषणापत्रमा छ महिनाभित्र स्थानीय निर्वाचन गर्ने उल्लेख रहेको भन्दै एमाओवादी आफ्नै घोषणा पत्रबाट पछि फर्केको आरोप लगाए ।
स्थानीय निकायमा जनप्रतिनिधि नभएका कारण विकास निर्माणका काम अवरुद्ध भएको उल्लेख गर्दै सिंहले संविधानसभाको म्याद चार वर्ष भएकाले त्यसपछि स्थानीय निर्वाचन गर्ने काममा ढिलाइ हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार