चट्याङबाट सल्किएको आगोले लाखौँको क्षति

१ बैशाख २०७१, सोमबार १३:१८ मा प्रकाशित


खोटाङ, १ वैशाख । खोटाङमा चट्याङबाट सल्किएको आगोले घर तथा घरमा भएका सामग्री जल्दा लाखौँको क्षति भएको छ ।
दोर्पाचिउरीडाँडा–८ का खड्बहादुर राउतको तीनवटा घर तथा घरमा पालिएका खसीबाख्रा, कुखुरा, काठपात, अन्नपात, लत्ताकपडालगायत जल्दा लाखौँको क्षति भएको हो ।
आइतबार साँझ परेको चट्याङले राउतको फुसले छाएको तीनवटा घर तथा घरमा भएका पशुचौपाया जल्दा २० लाखभन्दा बढीको क्षति भएको अनुमान प्रहरीको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले अन्य घरमा सल्किनु नपाएको स्थानीयवासीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि राउतका परिवार छिमेकीकामा शरण लिएर बसिरहेका छन् ।
यस्तै आइतबार साँझ परेको चट्याङमा परी लामिडाँडा गाविस–९ की रत्नमायाँ मगर गम्भीर घाइते भएकी छिन । घरमा बसिरहेको अवस्थामा चट्याङ परेर घाइते बनेकी ६४ वर्षीया मगरको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न