‘जनचाहनाको संविधान निर्माण गर्न सफलता मिलोस्’

१ बैशाख २०७१, सोमबार ०८:२१ मा प्रकाशित


काठमाडौं, १ वैशाख । राष्ट्रपति डा.रामवरण यादवले नववर्ष २०७१ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षका उपलक्ष्यमा आज (सोमबार) शुभकामना सन्देश जारी गरेर उनले निर्वाचनको सफलताले जनतामा ल्याएको उत्साहलाई परिणाममुखी बनाउने दायित्व सबैका सामु रहेको बताए । उनले निर्वाचनको यही सफलताको जगमा उभिएर राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र मार्फत गरेको प्रतिबद्धताअनुरूप तोकिएको समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यतामा आधारित नयाँ संविधान जारी गर्नु प्रथम कर्तव्य भएको बताए ।
‘जनताले शान्ति र लोकतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरिसकेका छन्,’ उनले भनेका छन्, ‘अब कुनै पनि किसिमको अतिवादले नेपाली जनतालाई आकर्षित गर्न सक्दैन, देशले शान्ति र विकास चाहेको छ हामी सबैको ध्यान यसतर्फ जानु आवश्यक छ ।’
उपराष्ट्रपति परमानन्द झाले नेपाली जनताले विगतमा अनवरतरूपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरूपमा सुदृढ गर्नु नै आजको आवश्यकता भएको बताए ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि नववर्षका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमा संविधानसभा निर्वाचनपछि शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण भएको बताए । संविधानसभा र व्यवस्थापिका–संसदको बैठक सुचारु भएको भन्दै उनले एक वर्षको समयावधिमा संविधान बन्ने प्रत्याभूति भएको उल्लेख गरे ।
‘नेपाली जनताले सात दशकभन्दा लामो सङ्घर्षले प्राप्त गरेका प्रजातान्त्रिक हक अधिकारसहित सङ्घीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक वर्ष मात्र हुने छैन,’ उनले भनेका छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनौतिको सामना गर्दै सबैमा सकारात्मक सोंचको विकासको कामना गरेका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधान निर्माणको कार्यभार पूरा गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।
‘पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने मान्यतामा एमाओवादी पूर्णतः प्रतिबद्ध रहेको छ,’ अध्यक्ष दाहालले भने ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले गणतन्त्र नेपालको प्रगतिशील सङ्घीय लोकतान्त्रिक नयाँ संविधान निर्माण गर्नु पर्ने बताए । उनले नेपाली जनताबीच सदभावना तथा एकता कायम गर्न र सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता एवम् समृद्धि अभिवृद्धि गर्नु पर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार