साहित्यकार अधिकारीको निधन

१ बैशाख २०७१, सोमबार ०७:५६ मा प्रकाशित


काठमाडौं, १ वैशाख । साहित्यकार क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।
आइतबार राति करीव सवा आठ बजे काठमाडौंमा उनको निधन भएको हो । साहित्यकार अधिकारीको उपचारका क्रममा हृदयघातका कारण मृत्यु भएको आफन्तले जनाएका छन् ।
शनिबार बेलुका हृदयाघात पछि उनलाई गंगालाल हृदय रोग केन्द्र
महाराजगञ्जमा भर्ना गरिएको थियो ।
अधिकारीले नेपाली गीत संगीतको क्षेत्रमा थुप्रै कृति दिएका छन् । उनले राष्ट्रिय, आधुनिक र चलचित्रमा प्रसस्त गीतहरु लेखेका छन् ।
पञ्चायतकालमा अधिकारी शिक्षा सहायकमन्त्री समेत भएका थिए । उनका दुई छोरा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न