पत्रकार महासंघको टोली र सञ्चार मन्त्री भेट; श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न आग्रह

२० बैशाख २०६९, बुधबार १९:०८ मा प्रकाशित

काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन यथासिघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघको टोलीले बुधबार सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवलाई भेटेर श्रमजीवी पत्रकारका समस्या समाधान र श्रमजीवी पत्रकार ऐन यथासिघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गएको टोलीलले सरकारबाट अनुमति तथा विभिन्न सुविधा लिएर संचालनमा रहेका संचार माध्यमहरुमा श्रमजीवी ऐन कार्यान्वयनका बाध्यकारी व्यवस्था लागु गराउन जोड दिएको छ ।

महासंघले संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ३ जना वा सो भन्दा बढीको संख्यामा पत्रकारहरु कार्य गर्ने संस्थामा श्रमजीवी पत्रकार ऐन आकषिर्त हुने बाध्यकारी व्यवस्था भएपनि उक्त कानुनको पालना नभइरहेकोमा मन्त्रीको ध्यानाकर्षण गराएको छ । कानुन कार्यान्वयन गराउनु सरकारको समेत दायित्व भएकाले त्यसतर्फ गम्भीर हुन अध्यक्ष गाउँलले मन्त्री यादवलाई आग्रह गरे ।

उनले प्रेस कमजोर भएर होइन कि मर्यादित भएकाले तलव नपाउँदा पनि संचारमाध्यमहरुमा हुलहुज्जत वा तालाबन्दीको कार्यक्रम नल्याएको बताए । अवस्थमा सुधार नआए महासंघ अप्रीय बाटो रोज्न बाध्य हुने उनको भनाई थियो ।

प्रत्युत्तरमा मन्त्री यादवले समाजको सबैभन्दा सवल पेशा पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले चाँडै मिडिया हाउसका संचालक तथा महासंघसंग बसेर छलफल गर्ने बताए । उनले महासंघले उठाएको माग प्रति मन्त्रालयको ध्यानकर्षण भएको उल्लेख गर्दै त्यस सम्बन्धमा व्यवस्था मिलाउने जनाए ।

यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बिहीबार महासंघले बिहान ७ बजे भृकुटीमण्डपबाट गर्न लागेको प्रभातफेरिमा उपस्थितिका लागि सम्पूर्ण संचारकर्मी तथा विभिन्न पेशागत संघ संस्थामा आवद्धहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल