अख्तियारद्वारा सडकका हाकिमसँग स्पष्टीकरण

१ बैशाख २०७१, सोमबार ०६:४६ मा प्रकाशित

काठमाडौं,१ वैशाख । ६ महिना बितिसक्दा पनि नागढुंगा सडकको मर्मत पूरा नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकका हाकिमहरूसँग स्पष्टीकरण लिएको छ ।

सडक सुधार र पुनर्निर्माणमा अत्याधिक ढिलासुस्ती भएको र सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासोपछि अख्तियारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलासहित विभागीय प्रमुखहरूसँग स्पष्टीकरण लिएको हो ।

सडक निर्माणमा भइरहेको ढिलाइबारे सिटौलासँगै सडक विभागका महानिर्देशक देवेन्द्र कार्की, उपमहानिर्देशकद्वय रवीन्द्रनाथ श्रेष्ठ र अर्जुनजंग थापा, क्षेत्रीय निर्देशक दयाकान्त झा, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्यामप्रसाद खरेल, डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख हरिकुमार पोखरेलसँग स्पष्टीकरण लिइएको अख्तियारले जनाएको छ ।

सडक विभागअन्तर्गत थानकोट–नौबिसे सडकखण्ड र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाद्वारा निर्माणाधीन सडकका हकमा विस्तार आयोजनाको कार्य प्रगति सन्तोषजनक नपाइएको, वर्षाको समय नजिक आएको, सर्वसाधारणले उक्त सडकखण्डको यात्रामा सास्ती भोग्नुपरेका गुनासा प्राप्त भएपछि सडकका अधिकारीसँग जानकारी लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारसँगको स्पष्टीकरणमा सरकारी अधिकारीहरूले पाँचबुदे प्रतिबद्धतासमेत जनाएका छन् । उनीहरूले नौबिसे–नागढुंगा सडकखण्डअन्तर्गतको कंक्रिट ढलान गर्न बाँकी रहेको याक घर खण्डको तीन सय ७५ मिटर लम्बाइ सडकलाई आगामी १५ वैशाखभित्र मर्मत गरिसक्ने र अन्य बाँकी खण्ड आगामी १५ जेठसम्म पूरा गरी सवारीसाधन सहज तरिकाले सुचारु गराउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं उपत्यकाको लाजिम्पाट–बूढानीलकण्ठ सडकको बाँकी खण्ड पिच गर्ने कार्य वैशाख महिनाभित्र सम्पन्न गर्ने र काठमाडौं उपत्यकाभित्रका ९० किलोमिटर सडक जेठ मसान्तभित्र निर्माण सम्पन्न गरी सक्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

प्रतिबद्धतामा उपत्यकामा चिह्न लगाएर छाडिएका भौतिक संरचना निश्चित समयभित्र भत्काइसकिने उल्लेख गरिए पनि समय भने निर्धारण गरिएको छैन । यसैगरी, उपत्यका सडक विस्तारका लागि मुआब्जालाई आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट शीघ्र निकासा उपलब्ध गराउने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

आइतबार गरिएका प्रतिबद्धता पूरा नभए जस्तोसुकै कारबाही पनि भोग्न तयार रहेको सरकारी अधिकारीहरूले जनाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत