कांग्रेस, एमालेले हाम्रो पार्टीभित्र खेल्न खोजेः दाहाल

१ बैशाख २०७१, सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं, १ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक राजनीतकि संवाद तथा सहमति समितिको सभापति चयन गर्ने अधिकार आफ्नो पार्टीलाई भएको बताएका छन् । कांग्रेस, एमालेले समितिको सभापति तोकेरै दाहाल हुनुपर्ने बताएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमाआवादी पार्टीको अध्यक्ष मात्र संवैधानिक र राजनीतिक समितिको सभापति भन्नुभएको छ , यो गलत गर्नुभएको छ । संविधानसभाका कुन कुन समितिहरु बाड्ने त्यो मुख्य कुरा हो । पार्टीलाई बाडफाड गरेपछि जसलाई पठाउछ त्यही हुने हो । यो पार्टी सिस्टम हो उनले आफ्नो निवास लाजिम्पाटमा प्रमुख दैनिकका संवाददातासंग भने, ‘मान्छे रोज्न खोज्नु भनेको अर्काको पार्टीमा खेल्नु हो ।

मानौ मस्यौदा समिति कांग्रेसलाई दिने भन्ने भयो भने कसलाई पटाउने त्यो उसको कुरा हो । फलानो भए हुन्छ, नत्र हुदैन भनेर षड्यन्त्र हुन जान्छ ।’ एमाओवादीले नेता बाबुराम भट्टराईलाई उक्त समितिको सभापति बनाउने तयारी गरिरहेका बेला कांग्रेस, एमालेले आइतबार तीन दलको बैठकमा दाहाललाई संवैधानिक, संवाद र सहमति समितिको सभापति दाहाल हुनुपर्ने बताएका थिए ।

दाहालले सवैधानिक समिति एमाओवादीले पाउनेमा प्रमुख पार्टीमा बिवाद नभएको बताए । उनले संवाद र सहमति समितिकै सभापति चयन गर्ने प्रयासमा आफूहरु लागेको बताए ।

संविधानसभा बाहिर उच्च स्तरीय राजनीतिक आवश्यक भएको उल्लेख गर्दै यसले संविधान निर्माण र संक्रमणकालको व्यवस्थापनमा सहयोग पुर्‍याउने जनाए । राजनीतिक समिति चाहिन्छ । शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न सिंगै काँकी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग बनाउने कुरा, पुनिर्माणको कुरा बाकी छ । यसका बाकी कार्यभार पुरा गर्न संविधानसभाभित्रको समितिले सक्दैनु दाहालको तर्क थियो, संक्रणकाल टुंगिएको छैन । १२ बुदे समझदारी, बिस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान मर्म र भावनाअनुसार चल्नुपर्छ । त्यसकारण संक्रमणकालको राजनीतिक व्यवस्थापनमा सहयोग गर्न संविधानसभा बाहिर १८ बुदेदेखि हालसम्मका सहयात्रीहरु समिति हुन जरुरी छ ।’

उनले राजनीतिक समिति बनाउन हुदैन भने विमति गरियो भने धेरै चिज बिगार्नेु बताए । ‘सविधानसभा बाहिर राजनीतिक समिति किन चाहियो भनेर तर्क आएको छ । कांग्रेसको साथीहरु राजनीतिक समिति बनाउनु हुदैन भनेर पछि हट्न खोजेको जस्तो देखिन्छु उनको भनाइ थियो, ‘यस्तो राजनीतिक समिति म प्रधानमन्त्री भएको बेला गिरिजाबाबुलाई राजनीतिक समितिको अध्यक्ष बनाइएको थियो ।

उनले यो समितिको नेतृत्व शान्ति प्रक्रियाको एउटा हिस्साको हैसियतले राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिनुपर्ने दाबी गरे । कांग्रेस, एमालेले राजनीतिक समिति आवश्यक नभएको बताएपछि दाहालको प्रतिक्रिया आएको हो ।

सत्य निरुपण, मेलमिलाप बिधेयक सन्तुलित

दाहालले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन, संक्रमणकाललाई व्यवस्थापन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग सन्तुलित भएको बताए ।

‘सबैको सहमतिले यो बिधेयक अघि बढाइएको छ । त्यसले सम्पूर्णलाई आममाफी दिने कुरा पनि गरेको छैन । सबैलाई कार्वाही गर्ने कुरा गरेको छैन । सत्य निरुपण गरेपछि आममाफी दिन सकिने र कार्वाहीका लागि सुझाव दिन सक्ने भनिएको छ । कतिपयले यो बिधेयकले आम माफी दिन खोज्यो भनिएको छ, त्यो गलत छ । कतिपय कार्वाही गर्न खोज्यो भनेका छन्, त्यो पनि गलत छु उनले थपे, यो बिधेयक सन्तुलन छ । कतिपय मान्छेले यसलाई उचालेर बिजनेश गर्न खोजिएको जस्तो देखिएको छ , यो गलत छ । संक्रमणकालीन न्यायप्रणाली अनुसार जान जरुरी छ ।

फुजेलको घटना अदालत पुर्‍याएकोमा असन्तुष्टि

सशस्त्र युद्ध बेलाको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा मुद्दा सरकारले अदालत पुर्‍याएर गल्ति गरेको दाहालको भनाइ थियो ।

हामीले प्रधानमन्त्री र गृहमन्त्रीलाई आजको बैठकमा भन्यौ पनि । यसलाई अदालतमा नलगियोस्, पक्राउ परेकालाई निःशर्त छोडियोस् । सत्य निरुपण बिधेयक संसदमा पेश भएको हुनाले त्यसपछि मात्र कार्वाही होस् भन्यौ, एमाले र एमाओवादी नेतृत्वलाई ठिकै छ भनेका थियौ ।

गृहमन्त्रीले पनि हुन्छ, छोडौ भन्नुभएको थियोु उनले भने, तर, प्रधानमन्त्रीले कुरा बुझ्नु भएन र जंगले बोल्यो, बोल्यो जस्तो गर्नुभयो । सुन्दैछु मुद्दा अदालतमा दर्ता भयो रे, यसले सरकार सत्य निरुपण तथा मेलमिलापप्रति गंभीर छैन भन्ने देखएको छ ।

राष्ट्रिय सम्मेलन नसर्ने

एमाओवादीको राष्ट्रिय सम्मेलन हुनेबारे आशंका भइरहेको बेला दाहालले मे दिवस बैशाख १८ गते सुरु हुने बताए ।

राष्ट्रिय सम्मेलन सम्मेलन सर्दैन । पार्टी पुननिर्माणका सन्दर्भमा हुदैछ । वैचरिक राजनीतिक ढंगले पार्टीलाई परिमार्जन गर्ने र हेटौडा महाधिवेशनको कार्यदिशालाई समृद्ध गर्ने प्रक्रियाको सुरुवात गर्छु उनले भने, बिशेष महाधिवेशनको तयारीको सन्दर्भमा राष्ट्रिय सम्मेलन हुदैछ । नयाँ प्रक्रियाको सुरुवाता गर्छौ । संगठनलाई चुस्त दुरुस्त गराउने काम गछौ ।ु उनले राष्ट्रिय सम्मेलन सहमतिमा टुंगिने बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा