साहित्यका निभा र मल्ललाई स्रष्टा सम्मान

३० चैत्र २०७०, आईतवार २०:२२ मा प्रकाशित


काठमाडौं, ३० चैत । लोकतान्त्रिक साहित्यिक आन्दोलनमा योगदान पु¥याएबापत ‘स्रष्टा चैत्र–३०’ ले कवि विमल निभा र नाटककार अशेष मल्ललाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उनीहरुलाई राजधानीमा आइतबार आयोजित कार्यक्रमका बीच सो सम्मान प्रदान गरेका हुन् ।
आन्दोलनताका गठित ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’का अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका काइँलाले निभा र मल्लले पञ्चायतकालदेखि नै स्वतन्त्रता र मानवताका पक्षमा सिर्जना र कर्म गर्दै आएको बताए ।
उनले स्रष्टाले जुनसुकै शासन व्यवस्थामा पनि शोषित र सीमान्तकृतका पक्षमा लेख्नुपर्ने धारणा राखे ।
साहित्यकारद्वय विष्णुविभू घिमिरे र नारायण ढकालले सम्मानित व्यक्तिका बारेमा मन्तव्य दिए । निरङ्कुश राजतन्त्रको विरोधमा गरिएको जनआन्दोलनका क्रममा २०६२ साल चैत ३० गते पुरानो बानेश्वरस्थित गुरुकुलमा भएको स्रष्टा भेला र पदयात्रामा प्रहरीले निर्मम दमन गरेको दिनलाई स्मरण गर्न सो संस्था स्थापना गरिएको अध्यक्ष मनोज न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले