भलिबल उपाधि न्यु डायमन्डलाई

३० चैत्र २०७०, आईतवार १९:४३ मा प्रकाशित


रसुवा, ३० चैत । धुन्चेमा सम्पन्न प्रथम महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमन्ड एकेडेमी काठमाडौं जितेको छ ।
भीमलाल हीराचन स्मृति प्रतिष्ठानद्वारा सञ्चालित प्रतियोगितामा प्रथम हुने टोलीलाई हीराचनकी धर्मपत्नी छिरिङ वाङमोले पुरस्कार तथा सिल्ड प्रदान गर्नुभयो ।
पुरस्कारको राशि ५० हजार छ । रसुवाकै इतिहासमा पुरस्कारको राशि सबैभन्दा ठूलो रहेको आयोजकले जनाएको छ । यसैगरी दोस्रा पश्चिमाञ्चल पोखरा र तृतीय ढोरपाटन काठमाडाँै भएको आयोजक संस्थाका अध्यक्ष रोशन बास्कोटाले बताए ।
प्रतियोगितामा दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद तथा कपले पुरस्कृत गरिएको थियो । साथै प्रतिस्पर्धामा रसुवा र नुवाकोट भलिबल सङ्घमा आबद्ध खेलाडीको सहभागिता रहेको जनाइएको छ । फाईल तस्वीर

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर