सभापतिको सर्वसम्मत चयन गर्न कार्यविधि स्वीकृत

३० चैत्र २०७०, आईतवार १८:२० मा प्रकाशित


काठमाडौं, ३० चैत । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सभापतिको चयन सर्वसम्मत हुने निर्वाचनसम्बन्धी आन्तरिक कार्यविधि स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित संविधानसभा सचिवालयमा आज (आइतबार) बसेको बैठकले कार्यविधि स्वीकृत गरेको हो । समितिको अघिल्लो बैठकले समितिको सभापति चयनका लागि आजको मिति तोकेको थियो ।
प्रमुख दलहरुबीच सहमति कायम हुन नसक्दा यसको मिति सरेको छ । समितिको सभापति चयनका लागि आगामी वैशाख ५ गतेको समयसीमा तोकिएको छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सहमतिका आधारमा सभापतिको चयन गरिनुपर्ने धारणा राखे । उनीहरुले सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र