उदयपुरमा आगलागीमा परेर चार घर नष्ट

३० चैत्र २०७०, आईतवार १३:२० मा प्रकाशित


उदयपुर, ३० चैत । उदयपुर जिल्लाको तपेस्वरी–१, धाराखोलामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
स्थानीय मित्रबहादुर तामाङको घरमा शनिबार साँझ विद्युत् सर्ट भएर आगालागी भएको जिल्ला  प्रहरी कार्यालयले बताएको छ । तामाङको घरमा लागेको आगो सल्केर छिमेकी गंगाराम बास्तोला, भरत तामाङ र हरि बास्तोलाको घरमा समेत आगालागी भएको छ ।
आगलागीबाट मित्रबहादुर तामाङको दुई सुँगुर र गंगाराम बास्तोलाका केही बाख्रा, खसीसमेत जलेर नष्ट भएका छन् । यस्तै लत्ताकपडा र अन्नपात पनि नष्ट पनि भएका छन् ।
आगलागीबाट करिब २० लाख बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताए । प्रहरी चौकी भागलपुरबाट गएकोे प्रहरी टोलीसहित स्थानीय गाउँलेको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न