चार भारतीय राज्यमा आमनिर्वाचन

२९ चैत्र २०७०, शनिबार १७:२१ मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, २९ चैत । भारतमा शनिबार चारवटा राज्यमा निर्वाचन सुरु भएको समाचार छ । नौ वटा लामो चरणमा विभाजित गरिएको यस आम निर्वाचन मध्ये आज शनिबार चौथो चरणमा प्रवेश गरेको छ ।
उत्तरपूर्वमा आसाम र पश्चिममा गोआसहित चारवटा राज्यका सात सिटका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान निरीक्षणकर्ता अधिकारीहरूका अनुसार मतदान केन्द्रमा मतदाताहरूको अत्यधिक सहभागिता रहेको छ ।
वर्तमानमा विपक्षी दल भारतीय जनता पार्टीले गोआमा शासन चलाइरहेको छ भने, सत्तारुढ काँग्रेस पार्टीले चाही आसाममा शासन गरिरहेको छ ।
यस पटकको आमनिर्वाचनमा ८१ करोड ४० लाख भारतीय जनताहरू मतदाता नामवलीमा अङ्कित छन् । यो सङ्ख्या विगत सन् २००९ को भन्दा १० करोडले बढी रहेको जनाइएको छ ।
यस पटकको आम निर्वाचन गत अप्रिल ७ देखि सुरु भई मे १२ सम्म नौ चरणमा समाप्त हुदैँछ । निर्वाचन परिणाम भने १६ मे मा आइसक्ने कार्यक्रम रहेको छ ।
हालसम्म खसिसकेका मतबारे अड्कल गरिँदा भारतीय जनता पार्टीले सरकार बनाउने र नेता नरेन्द्र मोदी प्रधानमन्त्री चयन हुनु भई सरकारको नेतृत्व गर्नुहुने देखिएको छ ।
सत्तारुढ काँग्रस पार्टीले भ्रष्टाचार र मुद्रास्फीति नियन्त्रण गर्न नसकेको भन्ने व्यापक आरोप लागेका कारण यस महानिर्वाचनमा विगतमा कहिल्यै भोग्नु नपरेको हार बेर्होर्नु पर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार