अविश्‍वासको प्रस्ताव ल्याउने कांग्रेस बैठक देउबा पक्षको बिबादका कारण स्थगित

२० बैशाख २०६९, बुधबार १८:५३ मा प्रकाशित

काठमाडौं, २० वैशाख । माओबादी सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउने तयारीमा रहेको कांग्रेसले बिहिबार हस्ताक्षर संकलनका लागि बोलाएको बैठक देउबा पक्षको विवादका कारण स्थगित भएको छ। देउवा पक्षीय नेताहरुले अविश्वास प्रस्तावको प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि बैठक स्थगित भएको हो । रामचन्द्र पौडेल पक्षधर सभासदले संसदको विशेष अधिवेशन बोलाउन अविश्‍वास प्रस्तावका लागि हस्ताक्षर संकलन थालेका थिए। ११ बजे नै सभासदहरुलाई हस्ताक्षर गर्न बोलाइएको थियो। कङ्ग्रेसका उपसभापति तथा संसदीय दलका नेता पौडेल, गोपालमान श्रेष्ठलगायतका नेताहरुले हस्ताक्षर अभियानको पक्षमा थिए।

तीस जना बढी सभासद्हरुले प्रस्तावको पक्षमा हस्ताक्षर गरेपछि विवाद सुरु भएको थियो। कङ्ग्रेसले आफ्ना सभासदबाट हस्ताक्षर संकलन गरिसकेपछि संसद वैठक बोलाउने र त्यसपछि सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गर्ने प्रक्रियामा जाने जनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने