नेकपा–माओवादीले कांग्रेसलाई मतदान गरेको हो : खनाल

२९ चैत्र २०७०, शनिबार १६:३२ मा प्रकाशित

ललितपुर, २८ चैत । एमालेका अध्यक्ष झलनाथ खनालले नेकपा–माओवादीका कारण आफूहरु दोस्रो स्थानमा भएको बताएका छन् ।
प्रेस चौतारी नेपालको ललितपुरमा शुरु भएको राष्ट्रिय भेलाको आज (शनिबार) उदघाटन गर्दै अध्यक्ष खनालले कांग्रेस र नेकपा–माओवादीबीच निर्वाचनमा अघोषित तालमेल भएको आरोप लगाए ।
‘गत संविधानसभा निर्वाचनमा बहिष्कारको नीतिमा रहेका नेकपा–माओवादीले कांग्रेसलाई मतदान गरेकाले एमाले पहिलो शक्ति बन्न सकेन,’ उनले भने ।
त्यसै गरी, अध्यक्ष खनालले नयाँ संविधान प्रेसमैत्री हुने बताए । उनले देशभक्तिपूर्ण पत्रकारितालाई सुदृढ गराउन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष खनालले एक वर्षभित्र संविधान जारी गरी मुलुकलाई समाजवादउन्मुख बनाउनुपर्ने खाँचो पनि आँैल्याए ।
प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि पार्टी नवौँ महाधिवेशनको संघारमा पुगेको बताए । उनले महाधिवेशन पछि एमाले थप एकताबद्ध हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा