करेन्ट लाग्दा एक महिलाको मृत्यु

२९ चैत्र २०७०, शनिबार १६:०५ मा प्रकाशित


पुतलीबजार, २९ चैत । स्याङजा जिल्लाको ठूलाहिडी–९ निवासी ४५ वर्षीया जुना परियारको करेन्ट लाग्दा जलेर मृत्यु भएको छ ।
घाँस काट्न खरबारीतर्फ गएकी परियारको आज (शनिबार) वहाकोट र ओरष्टे गाविसका लागि तानिएको प्रशारण लाइनको भूइँमा लत्रेको तारमा छोइँदा करेन्ट लागेर जलेको स्थानीयवासी यामबहादुर सेनले जानकारी दिए ।
परियारको घटनास्थलमै मृत्यु भैसकेको र खरबारीमा पनि आगलागी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।