‘यस पटक नयाँ संविधान तोकिएकै समयमा जारी हुन्छ’

२९ चैत्र २०७०, शनिबार १५:५७ मा प्रकाशित

ललितपुर, २९ चैत । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आगामी कार्यसूची एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु रहेको दोहराएका छन् ।

गणेशमान सिंह केन्द्रले आज (शनिबार) ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले अघिल्लो संविधानसभाले सहमति जटाएका विषयमा धेरै समय खर्च नहुने भएकाले पनि तोकिएको समयमा नयाँ संविधान जारी हुने बताए ।

‘अघिल्लो संविधानसभामा रहेका ११ वटा विषयगत समितिले तयार पारेका दस्तावेजलाई वर्तमान संविधानसभाले ग्रहण गरेर एक वर्षभित्रै नेपाली जनतालाई संविधान दिनुपर्छ,’ उनले भने ।

स्व लौहपुरुष गणेशमान सिंहको विचार, त्याग र योगदानलाई नेपालका राजनीतिक दलहरुले अनुसरण गर्न सकेमा आदर्शको राजनीति हुनसक्ने भन्दै उनले आर्थिक र सामाजिक परिवर्तनका लागि सरकारले उचित भूमिका खेल्ने बताए ।

राणा शासनको अन्त्यका लागि जेलबाट भागेको स्मरण गर्दै जनताको आवाज सुन्न र बुझ्नसक्ने एकमात्र व्यक्तित्व गणेशमान भएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
सिंहले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको काम अघि बढेमात्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र