सगरमाथा क्षेत्रमा २९ पर्वतारोही टोली

२९ चैत्र २०७०, शनिबार १५:२१ मा प्रकाशित


सोलुखुम्बु, २८ चैत । सगरमाथा क्षेत्रमा रहेका हिमाल आरोहणका लागि यस वर्षको सिजनमा आजसम्म २९ वटा पर्वतारोहण टोली नाम्चे आइपुगेका छन् ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहणका लागि आरोहण टोली आउने क्रम जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।
राईका अनुसार आजसम्ममा सगरमाथा आरोहणका लागि २२, ल्होत्से हिमाल आरोहणका लागि चार र नुप्त्से हिमाल आरोहणका लागि तीन गरी कुल २९ टोली नाम्चे पुगेका हुन् ।
हरेक आरोही टोलीले एसपिसिसीको कार्यालय नाम्चेमा उपस्थिति जनाएर मात्र त्यहाँबाट अघि बढ्ने व्यवस्था छ । उनीहरुले एसपिसिसीको कार्यालय नाम्चेमा आफूहरुले ल्याएको हरेक सामग्रीको विवरण दर्ता गराउनुपर्ने व्यवस्था छ ।
यसैबीच, सगरमाथा आधार शिविरबाट शिखरतर्फ दोस्रो शिविरसम्मको बाटो खन्ने काम एक साताअघि नै सम्पन्न भइसकेको कार्यक्रम अधिकृत राईले जानकारी दिए ।
यस वर्ष सगरमाथा आरोहणको सलामी दस्तुर घटाएकाले आरोहीको संख्या बढ्ने अपेक्षा गरिएको छ । आरोणहलाई व्यवस्थित गर्न आधार शिविरमा सरकारी कार्यालय स्थापना तथा सुरक्षाकर्मीको व्यवस्था गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ