दश वर्षदेखि भत्ता नबढेपछि एकान्त कुमारीलाई समस्या

२९ चैत्र २०७०, शनिबार १३:३७ मा प्रकाशित


भक्तपुर, २९ चैत । जीवित देवी अर्थात् तलेजु भवानीको प्रतिमूर्तिका रुपमा पूजिँदै आएको भक्तपुरको एकान्त कुमारीको भत्ता विगत १० वर्षदेखि नबढेपछि खर्च धान्न समस्या आएको छ ।
लिच्छवीकालदेखि मल्लकाल हुँदै हालसम्म पनि जीवित देवीको रुपमा मानिदै आएको कुमारीको भत्ता नबढेको र नगरपालिकाले समेत कुमारीको बेवास्ता गरेको सरोकारवालाले गुनासो गरेका छन् ।
कुमारी सुसारेदेखि तलेजु नाइकेसमेतले भक्तपुर कुमारीको भत्ता १० वर्षदेखि एउटै भएकाले बढाउनुपर्ने माग गरेका छन् ।
‘१० वर्षमा तीन गुणाले खर्च बढिसक्यो आम्दानीको गति बढेको छैन,’ कुमारी सुसारे नाइके न्हुच्छेरत्न शाक्यले भने, ‘यसरी कसरी पुग्छ कुमारीको खर्च ?’
भक्तपुरको कुमारीलाई भक्तपुर नगरपालिकाले समेत बेवास्ता गरेको उनको गुनासो छ । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले नगरपालिकाले एकान्त कुमारीलाई अहिलेसम्म कुनै भत्ता, र अन्य सेवा नदिई कुमारीको बेवास्ता गरे ।
भक्तपुरको एकान्तकुमारीलाई १० वर्षदेखि मासिक गुठी संस्थानबाट ४ सय ५० र निवृत्तीभरण व्यवस्थापनबाट दुई हजार २ सय ५० मात्र भत्ता दिइँदै आएको छ ।
दसैँको घटस्थापना अगाडिको आइतबार वा बिहीबार भक्तपुर तलेजुका राजोपाध्याय, जोशी तथा कर्माचार्यहरु कुमारी घरमा पूजा गर्न जाने प्रचलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न