मापसे कारबाहीमा पर्ने पूर्वमन्त्रीदेखि बहालवाला सभासद्सम्म

२९ चैत्र २०७०, शनिबार ०७:२८ मा प्रकाशित

काठमाडौं, २९ चैत । मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउने पूर्वमन्त्रीदेखि बहादवाला सभासद्सम्म ट्राफिक कारबाहीमा परेका छन् । पछिल्लोपटक पूर्वराज्यमन्त्री खोभारी राया यादब तथा बाहालवाला सभासद अर्जुन जोशी र आङटावा शेर्पा प्रहरी कारबाहीमा परेका हुन् ।
mबउबकभस्वयम्भूमा बिहीबार राति ट्राफिक प्रहरीले एउटा मोटरसाइकल रोक्यो । ट्राफिकलाई छल्ल खोज्दा चाकल सडकमा पछारिए । मदिराले मातिएका ती चालक थिए पूर्वराज्यमन्त्री यादब । सुरुमा ट्राफिक प्रहरीले ठम्याउन सकेन् । सोधपुछ गर्दा उनी पूर्वमन्त्री भएको खुलेको छ ।
यादब मापसे कारबाहीमा परेको घटना यो पहिलो होइन् । यसअघि उनी तीनपटक कारबाहीमा परिसकेको स्रोतले् बताएको छ । दुर्घटनामा सामान्य घाइते भएका यादबको सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीले राखेको छ । केहीदिन अघि सभासद् जोशी पनि ललितपुरको सानेपामा ट्राफिक प्रहरीको फन्दामा परेका थिए ।

त्यस्तै नेपाली कांग्रेस रामेछापका नेता एवं सभासद् आङटावा शेर्पा पनि मापसे गरेर सवारी चलाइरहेका बेला राजधानीको कमलपोखरीबाट पक्राउ परेका थिए ।
मापसे कारबाहीमा पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि परेका छन् । खनाललाई सुकेधाराबाट केहीसमय अघि समातिएको थियो । उनीहरुसबैको लाइसेन्स प्वाल पारेर प्रहरीले दिएको छ ।
चलचित्रका नायक भुवन केसी पनि दुई दिन अघि दोस्रो पटक मापसे कारबाहीमा परेका छन् । मंगलबार हनुमानस्थानमा मापसे गरेका केसीको लाइसेन्स प्रहरीले नियन्णमा लिएपछि उनी भोलिपल्ट ट्राफिकको कक्षा लिन गएका थिए ।
ट्राफिक महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले मापसे कारबाहीमा कसैलाई छुट नदिन मातहतका कार्यालयका इन्चार्जलाई निर्देशन दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र