प्रत्येक नेपालीका टाउकामा २० हजार ऋण

२९ चैत्र २०७०, शनिबार ०७:२० मा प्रकाशित

काठमाडौं, २९ चैत । सरकारको खर्च गर्ने क्षमता घट्दै गइरहेका बेला वित्तीय अनुशासनहीनताले गर्दा नेपालीको टाउकोमा ऋणको भारी बढ्दो छ । आर्थिक वर्ष २०६२/६३ देखि २०६९/७० सम्मको आठ वर्षमा प्रत्येक नेपालीको ऋण दायित्व करिब दोब्बर भएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका अनुसार आर्थिक वर्ष २०६२/६३ मा प्रत्येक नेपालीको टाउकोमा १२ हजार रुस्पैयाँ ऋण दायित्व थियो भने २०६९/७० मा आइपुग्दा २० हजार पुगेको छ । आर्थिक वर्ष २०६८/६९ मा १९ हजार पाँच सय ३३ रुपैयाँ ऋण थियो ।
पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएको छ । नेपालीको प्रतिव्यक्ति आय बढ्दै गइरहेका कारण सरकारले खर्च गर्ने क्षमता बढाएर ऋण लिएर ठूला आयोजना बनाउने हो भने अझै ऋण लिन सक्ने अवस्था छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०६९/७० मा प्रत्येक नेपालीको आम्दानी ६२ हजार पाँचसय १० रुपैयाँ छ । जसअनुसार प्रतिव्यक्ति ऋण आम्दानीको एक तिहाइ हुन आउँछ । अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका