बत्ती जडान नहुँदा रथ दुर्घटना

२९ चैत्र २०७०, शनिबार ०७:०० मा प्रकाशित

भक्तपुर, २९ चैत । बिस्केट जात्राको रुटमा भक्तपुर नगरपालिकाले बत्ती जडान नगर्दा रथ पाटीमा ठोक्किएर दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकालाई बत्ती जडानको जिम्मा दिएको थियो ।

नगरपालिकाले प्रतिबद्धता पूरा नगर्दा दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । जात्रामा दुर्घटना र ढुंगा हानाहान हुन नदिन रथ तान्ने रुटमा सीसीक्यामरा जडान गरिए पनि सडक बत्ती नहुँदा ढुंगा हान्नेहरूको अनुहार कैद गर्न नसकिएको प्रशासनले जनाएको छ ।

बत्ती अभावका कारण गलत बाटोतर्फ रथ जाँदा गःहिटी नजिक जेठा गणेशको पाटी र वंशगोपालको पाटी भत्केका छन् भने वंशगोपालका केही घरमा समेत क्षति पुगेको छ । रथ ठोक्किएपछि बिहीबार राति ढुंगा हानाहान भएको थियो ।

पाटीमा ठोक्किएर भैरवको रथको छानो भत्किएको छ । गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले शनिबारदेखि नै रथको मर्मत सुरु गरिने बताए । ‘आइतबार अपराह्न रथ तानेर भेलुखेल पुर्‍याएपछि मात्र लिंगो उठाइने भएकाले शनिबार नै मर्मत गरिसक्ने योजना छ,’ सापकोटाले भने ।

नगरपालिकाले पर्याप्त सडक बत्ती राख्न नसकेको कार्यकारी अधिकृत राममणि ढुंगेलले स्वीकारे । वैशाख ५ मा पुनः तौमढीबाटै तल्लो र माथिल्लो टोलका बासिन्दाबीच रथ तान्ने प्रचलन छ । गत वर्ष जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ३ जनाको मृत्यु भएको थियो भने १४ घाइते भएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार