अन्तराष्ट्रिय नेपाली कविता महोत्सब २०१४”

२९ चैत्र २०७०, शनिबार ०५:१८ मा प्रकाशित

बोस्टन । एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा यहि जुलाई महिनाको ५ तारेख २०१४ को दिन भर्जिनिया राज्यको टाइसन कर्नर स्थित हिल्टन प्रिमियर होटेलमा सम्पन्न हुन् गैरहेको “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब २०१४” अत्यधिक सफलताका साथ सुसम्पन्न गर्नको लागि कवि गोबर्धन पूजाको संयोजकत्वमा निम्न व्यक्तिहरु सम्मिलित एक कविता महोत्सब तयारी समिति गठन गरिएको सर्व साधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | प्रत्येक बर्षझैं यस बर्ष पनि प्रथम पुरस्कार एक हजार यू एस डलर नगद र प्रमाणपत्रसहितको “एन एम शुभद्रा भानुभक्त काब्य पुरस्कार “, दोश्रो पुरस्कार तीन सय यू एस डलर नगद र प्रमाण पत्रसहितको ” शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार” र तृतीय पुरस्कार दुई सय यू एस डलर र प्रमाणपत्र सहितको ” बसुन्धरा गणेश रोका देबकोटा काब्य पुरस्कार” प्रदान गरिनेछ | कविता बुझाउने समय र नियमहरु सम्बन्धमा अर्को सूचना जारि गरिने छ | अन्तराष्ट्रिय नेपाली कविता महोत्सब-२०१४” को तयारी समिति यस प्रकार रहेको छ |

गोबर्धन पूजा (बोस्टन ) – संयोजक
विप्लब प्रतीक ( टेक्सास ) – सदस्य
गीता पन्थ (न्युयोर्क ) – सदस्य
दीपा राई पुन (बोस्टन ) – सदस्य
गगन बिरही (न्युयोर्क ) – सदस्य

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

आजको प्रमुख समाचार