पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

२८ चैत्र २०७०, शुक्रबार १६:३९ मा प्रकाशित


अष्टे«लिया, २८ चैत । पपुवा न्यु गिनीमा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । तर यस भूकम्पका कारण हालसम्म सुनामीको कुनै चेतावनी भने नदिइएको जनाइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार सो भूकम्पको केन्द्र विन्दु पान्गुना सहरदेखि ५२ किलोमिटर दक्षिणमा पर्ने इलाकाको ५४ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
अष्ट्रेलियाको भूविज्ञान संस्था भने यो भूकम्प ७ दशमलव ४ रेक्टर स्केलको भएको बताएको छ ।
भूकम्प प्रभावित इलाकामा भारी कम्पनको महसुस गरिएको र त्यहाँ केही क्षति भएको सम्भावना रहेको अष्ट्रेलियाली भू्विज्ञानका अधिकारीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
सो भूकम्पको क्षतिको बारेमा थप र विस्तृत विवरण आइसकेको छैन । अधिकारीहरुले उक्त भूकम्प निकै नै शक्तिशाली भएकोले क्षतिको पनि बढी नै अनुमान लगाएका समाचारमा जनाइएको छ ।
गत अक्टोबरमा पनि सोही इलाकामा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प आएको थियो । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार