माओवादी अध्यक्ष र एमाले नेता नेपालवीच परामर्श; नेताहरु सहमति खोज्ने प्रयासमा

२० बैशाख २०६९, बुधबार १८:४३ मा प्रकाशित

काठमाडौं, २० वैशाख । संविधान निर्माणमा बिवादित बनेका विषयहरुमा सहमति खोज्ने प्रयास सकारात्मक भए लगत्तै प्रधानमन्त्री बावुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालवीच बार्ता भएको छ ।
संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संविधान निर्माणमा बिवादित बनेका विषयहरुका साथै राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल भएको छ ।
सभामुख सुवासचन्द्र नेम्वाङको पहलमा भट्टराई, दाहाल र नेपालवीच परामर्श भएको हो । सभामुख नेम्वाङले नयाँ संविधानका बिवादित विषय र अन्य समसामयिक विषयमा सहमतिका लागि पहल गर्न आग्रह गरेपछि तीन नेतावीच परामर्श भएको हो । तीन नेताको छलफलमा सभामुख नेम्वाङ भने बाहिरिनु भएको थियो ।
प्रधानमन्त्री भट्टराई, अध्यक्ष दाहाल र नेता नेपालवीच राष्ट्रिय सहमतिको सरकार बनाउने वा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिने विषयमा समेत परामर्श भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको