एक बर्षमा नयाँ संविधान दिन्छौं : अध्यक्ष नेम्बाङ

२८ चैत्र २०७०, शुक्रबार १३:५६ मा प्रकाशित


काठमाडौं, २८ चैत । संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ४८ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७० को अवसरमा आज (शुक्रबार) राजधानीमा आयोजित कार्यक्रममा उनले लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक विकासको क्रम प्रभावित भएको बताए ।
उनले देश राजनीतिक स्थिरताका लागि अघि बढिरहेको पनि बताए । ‘पछिल्ला समयमा विगतको संविधानभाका उपलब्धिको स्वमित्व ग्रहण गर्दै संविधान निर्माणको कार्यलाई एक वर्षमा सम्पन्न गर्नेतर्फ संविधानसभा लक्षित बनेको छ,’ उनले भने ।
अध्यक्ष नेम्बाङले औधोगिकीकरणका माध्यमबाट देशको आर्थिक समुन्नतिका लागि महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा पनि सरकार र महासंघबीच आर्थिक समुन्नतिका लागि सहकार्य हुने विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक दलबीचको खिचातानी र असमझदारीबाट देशलाई असफल पार्न नहुने बताए । उनले संविधानसभाको सफलताले देशलाई आर्थिक एवम् व्यावसायिक उन्नतीतर्फ लैजाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र