विद्युत् चुहावट गर्ने बाह्र जना पक्राउ

२८ चैत्र २०७०, शुक्रबार १३:४३ मा प्रकाशित


गौशाला, २८ चैत । नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले विभिन्न चारवटा गाउँबाट १२ जनालाई विद्युत् चुहावट गरेको अभियोगमा पक्राउ गरेको छ ।
जिल्लामा बढ्दै गएको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत प्राधिकरण शाखा जलेश्वरले सहोडवा, चौरिया, बनौली र मुसरपट्टीमा बिहीबार राति छापामारेर १२ जनालाई पक्राउ गरेको प्राधिकरण शाखा जलेश्वरका प्रमुख जीतेन्द्र झाले बताए ।
पक्राउ गरिएका विद्युत् चुहावट गर्नेलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई चुहावटको प्रकृति हेरी जनही पाँच हजारदेखि १० हजारसम्म जरिवाना लिई छोडिने प्रहरीले जनाएको छ ।
प्राधिकरण शाखाले दर्जनभन्दा बढी टिभी, पङ्खा, मोटरलगायतका विद्युत् सामग्रीसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

आजको प्रमुख समाचार