निलम्बनमा परेका यादवलाई अवकाश

२८ चैत्र २०७०, शुक्रबार ०६:५१ मा प्रकाशित

काठमाडौं, २८ चैत । सरकारले भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई अवकाश दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यादवलाई अवकाश दिएको हो । कमसल गुणस्तरका ट्रान्सर्फमर खरिद प्रकरणमा अख्तियारले यादवविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवको पद निलम्बित भएकाले प्राधिकरणमा सहसचिव अर्जुनकुमार कार्कीलाई कार्यकारी निर्देशकमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको छ ।

ऊर्जामन्त्री राधा ज्ञवालीले कार्कीको ठाउँमा अर्कै व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्नका लागि निलम्बनमा रहेका यादवलाई मन्त्रिपरिषदमा प्रस्ताव लगेर अवकाश दिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा