एमाले महाधिवेशनमा प्रतिनिधिलाई राजधानमीमै होमस्टे

२८ चैत्र २०७०, शुक्रबार ०६:३२ मा प्रकाशित

काठमाडौं, २८ चैत । एमालेले जेठमा हुने महाधिवेशनमा प्रतिनिधिलाई होमस्टे व्यवस्था गर्ने भएको छ । महाधिवेशन मूल आयोजक समितिको बिहीबारको बैठकले प्रतिनिधिहरू राख्न कुनै होटल प्रयोग नगर्ने निर्णय गरेको हो ।

होटल प्रयोग गर्दा खर्चिलो हुने भएकाले होमस्टेको व्यस्था गर्न लागिएको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार यसको व्यवस्थापनका लागि ७५ वटै जिल्ला सम्पर्क मञ्चलाई जिम्मेवारी दिइएको छ । एमाले महाधिवेशन जेठ २४ देखि ३० सम्म राजधानीमा हुँदैछ ।

महाधिवेशन प्रचारका लागि पूर्ण रूपमा सूचना प्रविधिको मात्र प्रयोग गरिने पार्टीले जनाएको छ । भित्ते लेखन, पर्चा पम्प्लेटलगायतका कुनै पनि सामग्री प्रयोग नगर्ने निर्णय समितिले गरेको छ । महाधिवेशनको समयमा देशव्यापी रक्तदानलगायतका रचनात्मक काम गर्ने उसको निर्णय छ ।

समिति बैठकमा अध्यक्ष झलनाथ खनाललले महाधिवेशन एकता, सहमति र अग्रगतिको हुने बताएका थिए । उनले दिल्लीमा उपचाररत नेता केपी ओलीको स्वास्थ्यबारेसमेत बैठकमा ब्रिफिङ गरेका थिए । ओलीको स्वास्थ्यमा सुधार हुन थालेको र अप्रिल २० सम्म स्वदेश फर्किने जानकारी अध्यक्षले बैठकमा गराएका थिए । खनाल गत सोमबार ओलीलाई भेटेर फर्केका हुन् ।

स्वास्थ्य सुधार भए पनि कमजोरीपन नहटेकाले ओली दिल्लीमै आराम गरिरहेको खनालले बताएका थिए । उनको स्वास्थ्य, महाधिवेशनको दस्तावेज लेखन, सदस्यता नवीकरणलगायतका कारण महाधिवेशन सर्ने हो कि भन्ने आशंका भइरहेका बेला बैठकले समयमै गर्ने गरी तयारी तीव्र बनाउने निर्णय गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,