एमाओवादीभित्रको विवाद विद्यार्थी संगठनमा सर्‍यो

२८ चैत्र २०७०, शुक्रबार ०६:२५ मा प्रकाशित


काठमाडौं, २८ चैत । एमाओवादीको राष्ट्रिय सम्मेलन नजिकै गर्दा शीर्ष नेताहरुको विवाद विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा तीब्र रुपमा परेको छ । नेताहरुको विवादका कारण एक साता चलेको विद्यार्थीको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएको छ ।

नेतृत्व चयन गर्न नसक्दा पूर्वअध्यक्ष हिमाल शर्माको संयोजकत्वमा पुरानै समितिलाई निरन्तरता दिइएको छ । विद्यार्थी नेतृत्व चयनका लागि असारमा सांगठनिक सम्मेलन गर्ने निर्णय भएको छ । विद्यार्थी संगठनको निर्वाचन गर्दा त्यसको असर आगामी पार्टीको राष्ट्रिय सम्मेलमा पर्ने भन्दै हाल पुरानै समितिलाई निरन्तरता दिएको हो । कीर्तिपुरस्थित सम्मेलनस्थलमा विद्यार्थीहरु निर्वाचनको हुनुपर्ने र सहमतिमा जानुपर्ने भन्दै विभाजित बनेका थिए । नेतृत्व चयन हुन नसकेपछि प्रतिनिधिहरु निराश हुदै फर्केका थिए ।

विद्यार्थी संगठनमा तीब्र विवाद भएपछि एमाओवादीको केन्द्रीय पदाधिकारी बैठकले शर्माको नेतृत्वको केन्द्रीय समितिलाई निरन्तरता दिएको हो । संस्थापन पक्षका विद्यार्थी नेताहरुले नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर विद्यार्थीहरु निर्वाचनमा जान डराएको बताएका छन् । भट्टराई र श्रेष्ठ पक्षले भने सहमतिको संभावना हुँदाहुँदै जबरजस्ती निर्वाचनमा धकेल्न खोजेको दाबी गरेको छ ।

संस्थापन पक्षका सचिव रामचन्द्र अधिकारीले सहमति नभए निर्वाचनमा जाने सम्मेलनको कार्यविधिमा स्पष्ट भए पनि अर्को पक्षले नचाहेको बताए । निर्वाचनमा जान नचाहने एउटा पक्षका कारण नेतृत्व चयन हुन सकेन, उनले भने, त्यसकारण पुरानै कार्यसमितिले निरन्तरता पायो । अध्यक्षका उम्मेदवार एवम् श्रेष्ठ पक्षीय नेता जागृत रायमाझीले सहमतिको प्रयास असफल भएपछि पार्टीले पुरानै समितिलाई निरन्तरता दिएको बताए ।

‘हामीले निर्वाचन नचाहेको भन्ने होइन । मूलतः हामी सहमतिबाट नेतृत्व चयन गर्ने पक्षमा थियौं,’ उनको भनाइ थियो, ‘सहमति नभएपछि असारमा सांगठनिक सम्मलेन गर्ने निर्णय भयो ।’ उनले आफू निर्वाचन प्रक्रियाको बिरोधी नभएको दाबी गरे ।

महासचिवका उम्मेदवार डीबी तामाङले नेतृत्वको ‘हुतिहारा प्रवृत्तिका कारण नयाँ नेतृत्व चयन हुन नसकेको बताए । ‘नेतृत्वमा आउने सबैको महात्वाकांक्षा देखियो । पार्टी नेतृत्व हुतिहारा भएपछि हामी पनि भयौ,’ उनले भने, ‘नेतृत्व चयनका लागि सहमतिको खास प्रयास भएन । जबरजस्ती निर्वाचन गराउन मात्र खोजियो ।’ उनले फ्रयाक्सन इञ्चार्ज हेमन्तप्रकाश ओलीले सहमतिको प्रयास नगर्दा विद्यार्थी संगठनको नेतृत्व चयन हुन नसकेको आरोप लगाए ।

ओलीले पार्टीको राष्ट्रिय सम्मेलन हुने तयारीका बेला त्यसको प्रतिविम्ब विद्यार्थी संगठनमा परेको बताए । ‘पार्टी राष्ट्रिय सम्मेलनको सोच विद्यार्थी संगठनमा प्रतिविम्बन भयो,’ उनले भट्टराई, श्रेष्ठ पक्षतिर संकेत गर्दै भने, ‘केही साथीहरुले निर्वाचनमा जाऔभन्दा अहसमति जनाउनु भयो । त्यसैले हाल पार्टी सम्मेलनलाई ध्यानमा राखी पुरानै नेतृत्वलाई कायम राखियो ।’ एमाओवादीको राष्ट्रिय सम्मेलन बैशाख १८ गतेदेखि गर्ने तय भएको छ ।

केन्द्रीय पदाधिकारी बैठकमा श्रेष्ठले रायमाझीलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउनु पर्ने अडान राखेका थिए । संस्थापन पक्ष जसरी पनि रमेश मल्ललाई अध्यक्ष चयन गर्ने पक्षमा थियो । महासचिवमा संस्थापन पक्षले अनिल शर्मा र भट्टराई पक्षले डीबी तामाङलाई अघि सारेको थियो ।

वाइसीएलको पनि उस्तै

एमाओवादीको भातृ संगठन यङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय सम्मेलनमा पनि नेतृत्व चयन नगरी सकिएको थियो । भदौ १५ गते राजधानीमा भएको सम्मेलनले गणेशमान पुनको संयोजकत्वमा पुरानै समितिलाई निरन्तरता दिएको थियो । त्यसबेला पनि संस्थापन, भट्टराई र श्रेष्ठ पक्षको कुरा नमिल्दा वाइसीएल नेतृत्व चयन गर्न असफल भएको थियो । मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन आएको भन्दै एमाओवादीले पुरानै समितिलाई कायम राखेको थियो । पछि राष्ट्रिय सम्मेलन गर्ने भने पनि हुन सकेको छैन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार