विवाहअगाडिको सेक्सलाई जायज मान्दिनँ: अभिनेत्री नन्दिता केसी

२८ चैत्र २०७०, शुक्रबार ०१:०४ मा प्रकाशित

सुन्दरी अभिनेत्री नन्दिता केसी यतिबेला चर्चामा छिन् । चलचित्र इन्दे्रणीमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नन्दिताले यतिबेला भने सङ्ख्याभन्दा पनि गुणात्मक चलचित्रतिर ध्यान दिन थालेकी छिन् । उनले भनिन्, ‘व्यस्त हुन पनि पहिले धेरै फिल्म खेलियो, व्यस्तताले क्यालिटीमा असर पारेका कारण अबचाहिँ फिल्महरू छानेर मात्र खेल्नेछु ।’ यिनै अभिनेत्री नन्दितासँग गरिएको रमाइलो कुराकानी :
० पहिलेभन्दा दुब्लाइएछ नि ?
– दुब्लाएको होइन, मेन्टन गरेकी हुँ ।
० ‘मेन्टन’ गर्नुपर्ने गरी मोटाइएको थियो र भन्या ?
– केही समय युरोपको कार्यक्रममा जाँदा धेरै मोटाइएछ, त्यसैले अहिले तौल घटाइरहेकी छु ।
० विदेश जाँदा दाम रामै्र कमाइन्छ हो ?
– दामभन्दा पनि देश–विदेश घुमिन्छ अनि आफ्ना प्रशंसकलाई पनि भेट्न पाइन्छ नि । यो पनि त रामै्र कमाइ हो नि, होइन र ?
० नन्दिताको विचारमा प्रेम के हो ?
– यो सुन्दर तत्व हो । यसले बाँच्न र जीवन चलाउन सिकाउँछ । तर, प्रेममा जाल हुनु हुँदैन ।
० नन्दिता अहिलेसम्म कसैको पे्रममा… ?
– तपाईंले भनेजस्तो प्रेममा परेकी छैन ।
० इच्छा नलागेर कि नभेटाएर ?
– प्रेम गर्ने इच्छा त किन नहुनु ? भन्नैपर्दा राम्रो, गतिलो, भरपर्दो र विश्वासिलो भेट्टाएकी छैन ।
० भनेपछि पे्रमीको खोजीमा हो ?
– खोजीमा नै त होइन । त्यसमाथि प्रेम भनेको खोजेर पाइने चिज पनि त होइन नि । यो त कोसँग कुनबेला कसरी बस्छ, थाहै हुँदैन ।
० अनि सेक्स नि ?
– यसबारे धेरै नबोलौँ, बोल्दाबोल्दा दिक्क लागिसक्यो । अब कति बोल्नु सेक्सबारे ?
० मिडियामा त तपार्इं भर्जिन भन्ने कुरा आयो नि ?
– हो त नि, किन ढाँट्नु ?
० विवाह कहिले नि ?
– योजना बनाएकी छैन ।
० अनि विवाहअघिको सेक्स ?
– त्यो त आ–आफ्नो सोच हो । मचाहिँ विवाहअगाडिको सेक्सलाई जायज मान्दिनँ ।
० अनि रोमान्स ?
– रोमान्स केलाई भन्ने ? आफूलाई रमाइलो लाग्ने, मनलाई शान्त पार्ने अनि आनन्द आउनु नै रोमान्स होला । तर, यो शब्दलाई गलत रूपमा लिने र व्याख्या गर्नेहरू पनि धेरै छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार