आगलागीबाट दुई हजार कुखुरा जलेर मरे

२७ चैत्र २०७०, बिहीबार १७:३९ मा प्रकाशित


वीरगञ्ज, २७ चैत । पर्साको भौराटार–६ मा फूलकवल टोलका जितेन्द्र यादवको कुखुरा फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेर मरेका छन् ।
विद्युत् सर्ट भई आज (बिहीबार) शुरु भएको आगलागीबाट फार्मका साथै नजिकै रहेका हरिनारायण यादव, जोखन यादवलगायत अन्य पाँच घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, गरगहना, खाद्यान्न गरी छ लाख मूल्य बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प बहुअर्वा भाटाका सशस्त्र प्रहरी निरीक्षक अमित मल्लले जानकारी दिए ।
उता, हरपुर गाविस वडा नम्बर ६, एकटाँगाका शिवपूजन यादवको गोठमा लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी हँुदा घरमा रहेका लत्ताकपडा, अन्नपात जलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।