‘प्रहरी वरिष्ठ अधिकृतको बढुवामा आयोगले सहयोग गरेन’

२७ चैत्र २०७०, बिहीबार १७:३२ मा प्रकाशित


काठमाडौं, २७ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीभित्रको बढुवा प्रक्रिया छिटो अघि बढाउने जनाएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा गौतमले प्रहरीको बढुवा गर्न नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान खोजेको बताए । उनले भने, ‘प्रहरी बढुवामा लोकसेवा आयोगका तर्फबाट आवश्यक सहयोग भएन ।’
गृहमन्त्री गौतमले वरिष्ठ अधिकृतको बढुवाका लागि परामर्श लिने नाममा निर्देशन लिने विगतको प्रयासले गर्दा बढुुवा प्रक्रियामा असर परेको बताए । उनले अब जस्तोसुकै आरोप लागे पनि मन्त्रिपरिषदबाट निर्णय गराएर अघि बढ्ने बताए ।
‘आयोगबाट अब केही समयभित्रै परामर्श प्राप्त भएन भने राज्यसत्ता बन्द हुन सक्दैन,’ उनले भने, ‘मन्त्रिपरिषदबाट निर्णय गरेर अघि बढ्छौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र