अविश्वास प्रस्तावको विषयमा सभापति सुशील कोइराला र गच्छेदारवीच भेटबार्ता

२० बैशाख २०६९, बुधबार १८:२९ मा प्रकाशित

काठमाडौं, २० वैशाख । फोरम अध्यक्ष विजय गच्छेदारले कांग्रेसका सभापति सुशील कोइरालासँग भेटि राष्ट्रिय सहमतिको सरकारका बारेमा कांग्रेसको धारणा बुझ्ने कोसिस गरेका छन् । कोइराला निवास महाराजगञ्जमा आज विहान भएको भेटमा कांग्रेसले सरकार बिरुद्ध ल्याउन लागेको भनिएको अविश्वासको प्रस्ताव र संविधानका बिवादित विषयमा छलफल भएको कोइराला निकट स्रोतले बताएको छ ।
गच्छेदार निकटका फोरम नेताका अनुसार कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि गरेको तयारी के हो भन्ने बिषयमा गच्छेदारले कोइरालासँग जिज्ञासा राख्नु भएको थियो ।
कोइरालाले जवाफमा आफू राष्ट्रिय सरकार बनाउने विषयमा छलफलमा रहेको भन्दै गच्छेदारलाई सहयोगका लागि आग्रह गरेका थिए ।
यद्यपि फोरम अध्यक्ष गच्छेदारले कांग्रेसले बनाउन लागेको भनिएको राष्ट्रिय सहमतिको सरकारलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो निर्णय भने दिएक छैनन् ।
कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने तयारी सुरु गरेपछि फोरम अध्यक्ष गच्छेदारले सभापति कोइरालासँग त्यस विषयमा छलफल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट