सबै मिलेर समयमा संविधान बनाइदिनुस् : राष्ट्रपति

२७ चैत्र २०७०, बिहीबार २०:३० मा प्रकाशित


सिरहा, २७ चैत । राष्ट्रपति डा.रामवरण यदवले पर्सादेखि सप्तरीसम्मको चुरे जङ्गल उजाड भएकामा चिन्ता व्यक्त गरेका छन् ।
सिरहाको सारश्वरमा आज (बिहीबार) आयोजित विश्वकल्याण शान्ति महायज्ञको उदघाटन समारोहमा उनले सबै मिलेर चुरे संरक्षण गर्न आवश्यक रहेको बताए ।
चुरेको विनाश भएका कारण तराईमा पानीको स्रोत नै सुकेर उब्जाउ जग्गा मरुभूमिमा परिणत भएको उनले बताए । ‘तराईमा पहिले पोखरी, इनार, तालतलैया सबै भरिभराउ थियो,’ उनले भने, ‘अहिले सबै पानीको मुहान सुकिसक्यो, अब पनि चुरे जङ्गल संरक्षण गर्न सकेनौँ भने सबभन्दा बढी समस्या हामी तराईवासीलाई नै खेप्नुपर्छ ।’
उनले सबै दल मिलेपछि दोस्रो संविधानसभाको चुनाव शान्तिपूर्वक सम्पन्न भएको बताए । उनले अब दलहरू एकजुट भएमा स्थानीय निकायको चुनाव पनि गराउन सकिने पनि बताए ।
‘पाँच वर्ष बित्दा पनि संविधान जारी हुन नसकेकामा दुःख लागेको छ,’ उनले भने, ‘अब सबै दलले मिलेर समयमा गणतन्त्रात्मक संविधान जारी गर्नुपर्छ ।’
देशमा दिगो शान्ति र संविधान बनोस् र सामाजिक, आर्थिक, सांस्कृतिकलगायत हरेक पक्षको सुरक्षा होस् भन्ने जनताको चाहना रहेको भन्दै उनले त्यहीअनुसार अघि बढ्न आफूले दलहरूलाई सुझाव दिने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत