संविधानसभाको उपनिर्वाचन असार ८ गते

२७ चैत्र २०७०, बिहीबार १५:१२ मा प्रकाशित


काठमाडौं, २७ चैत । सरकारले संविधानसभामा रिक्त भएका चार निर्वाचन क्षेत्रमा असार पहिलो साता उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २०७१ असार ८ गतेको मिति तोकेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उपनिर्वाचनको सम्पूर्ण तयारी गर्ने निर्णय भएको बताए ।
रिक्त निर्वाचन क्षेत्रमा काठमाडौं–२, कैलाली–६, बर्दिया–१ र चितवन–४ छन् । ती क्षेत्रबाट माधवकुमार नेपाल, शेरबहादुर देउवा, वामदेव गौतम र सुशील कोइरालाले राजीनामा गरेका थिए ।
बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका सचिवलाई मन्त्रालय र क्षेत्रीय निर्देशनालयमा पदस्थापना एवं सरुवा गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।
सरकारले शिक्षा मन्त्रालयको सचिवमा विश्वप्रकाश पण्डित, गृहमा सूर्य सिलवाल, अर्थमा युवराज भुसाल, सूचना तथा सञ्चारमा सुमनप्रसाद शर्मा, सिंचाइमा माधव रेग्मी, राष्ट्रिय योजना आयोगमा डा सोमलाल सुवेदी, वातावरण विज्ञान तथा प्रविधिमा डा कृष्णचन्द्र पौडेल र सामान्य प्रशासन मन्त्रालयमा इन्द्रप्रसाद उपाध्यायलाई तोकिएको छ ।
त्यसैगरी जल तथा शक्ति आयोगमा श्रीरञ्जन लाकौल, युवा तथा खेलकुदमा प्रतापकुमार पाठक, भूमिसुधार तथा व्यवस्थामा लोकदर्शन रेग्मी, महालेखा नियन्त्रकको कार्यालयमा शंकर अधिकारी, उपराष्ट्रपतिको कार्यालयमा राजकुमार मल्ल, राष्ट्रिय सतर्कता केन्द्रमा हरिप्रसाद नेपाल, वाणिज्य तथा आपूर्तिमा नारायणगोपाल मलेगो र सार्वजनिक खरिद अनुगमन कार्यालयमा अनुपकुमार उपाध्यायलाई सरुवा तथा पदस्थापन गरिएको छ ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शान्तराज सुवेदी र दुर्गानिधि शर्मा, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा भोलाप्रसाद शिवाकोटी, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा हरिकुमार श्रेष्ठ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा नारायणप्रसाद रेग्मीलाई जिम्मेवारी तोकेको छ । रेग्मीलाई हाल प्रधानमन्त्री कार्यालयमा काजमा खटाउने निर्णय भएको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई अवकाश दिने निर्णय भएको छ ।
सरकारले हालै प्रशासन सुधार आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यान्वयनका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ । केही समयअघि अपाङ्गतासम्बन्धी सङ्घसंस्थाले संविधानसभामा मनोनयनका लागि गरेको अनशनपछि भएको सहमतिअनुसार अघि बढ्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय