
पुरुषोत्तम ढकाल, लसएन्जल । क्यालिफोर्नियामा बस्ने नेपाली मूलका अमेरिकनहरुले संयुक्त राज्य अमेरिकाको मायाबी शहर लसएन्जलसमा आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर स्थापना गर्न गरेको दान, लगानी र अथक मेहनत अन्तत सफल भएको छ । बिहिबार नर्वाल्क काउन्टीको योजना आयोगले श्री पशुपतिनाथ फाउन्डेशनको भवनमा धार्मिक गतिबिधि संचालन गर्न अनुमति प्रदान गरेको छ ।
श्री पशुपतिनाथ फाउन्डेशनको भवनमा आरध्यदेब भगवान पशुपतिनाथको मन्दिर निर्माण गरी हिन्दु धार्मिक गतिबिधि संचालन गर्न लसएन्जलसस्थित नोर्वाक काउन्टीले बिहिबार सार्वजनिक सुनुवाई मार्फत अनुमति प्रदान गरेको हो । श्री पशुपतिनाथ फाउन्डेशनको अथक प्रयासका बाबजुद पटक पटक स्थानिय नर्वाल्क काउन्टीको योजना आयोगबाट हिन्दु धार्मिक गतिबिधि संचालन गर्न राखिएको प्रस्ताब अस्वीकृत हुदै आएको थियो ।
संस्थाका अध्यक्ष भक्त थापाले दिएको जानकारीअनुसार श्रीपशुपतिनाथ फाउन्डेशनले गत बर्ष आफ्नै नाममा स्थानिय चर्च खरिद गरेको थियो । नेतृत्वको निरन्तरको प्रयासले बिहिबार नर्वाल्क काउन्टीको योजना आयोगबाट धार्मिक गतिबिधि संचालन गर्न अनुमति प्राप्त गरेको छ ।
संस्थाका कोषाध्यक्ष एवं अवैतनिक नेपाली बाणिज्य दुत ऋषि ढकालका अनुसार केनी स्ट्रिट नर्वाल्क, क्यालिफोर्निया, ९०६५० ठेगाना रहेको चर्चलाई फाउन्डेशनले पांच लाख पचास हजार डलर भुक्तानी गरी खरिद गरेको थियो । कुल मूल्य दश लाख पचास हजार रहेको भवन खरिद प्रक्रियामा फाउन्डेशनका अध्यक्ष भक्त थापा, कोषाध्यक्ष एवं अवैतनिक नेपाली बाणिज्य दुत ऋषि ढकाल, सदस्यहरू क्रमश: एकराज पान्डे र राम लामाले संयुक्त रुपमा कागजी प्रक्रियामा हस्ताक्षर गरे लगत्तै उक्त चर्चलाई सामुदायिक भवन र मन्दिरमा परिणत गरी नियमित धार्मिक गतिबिधि संचालनको अनुमति लिने प्रक्रिया स्थानिय काउन्टी मार्फत सुरु गरिएको थियो ।
संस्थाका महासचिब प्रेम गुरागाईंले दिएको जानकरी अनुसार संस्थाले खरिद गरेको सो भवनमा एउटा ठुलो भवन साथमा ६ वटा भन्दा बढी कोठा, पुजास्थल, २५० भन्दा बढी सहभागी अटाउने सभा हल, भान्छा कोठा, बच्चाहरू खेल्ने प्रशस्त ठाउं र संगै तीन बेड रुम साथमा दुई बाथरुम भएको घर रहेको छ । गुरागाईका अनुसार बिहिबार नोर्वाक काउन्टीको योजना आयोगबाट धार्मिक गतिबिधि संचलन गर्न अनुमति प्राप्त उक्त सामुदायिक भवननमा आगामी साता देखि पुजारी राखी नियमित धार्मिक गतिबिधि संचालन गरिनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर
न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी