जनकपुर बम काण्ड गराउन ६० लाखको डिल

२७ चैत्र २०७०, बिहीबार ०७:५८ मा प्रकाशित

काठमाडौं, २७ चैत । जनकपुर बमकाण्ड गराउन सभासद् एवं सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष सञ्जय शाह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको डिल भएको खुलासा भएको छ । सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संलग्नता खुलेको थियो ।

मुकेशको बयानका आधारमा प्रहरीले ओमप्रकश यादवलाई पक्राउ गरेको थियो । यादबले विस्फोटक योजनाकै सिलसिलामा साहले दिएको आठलाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान दिएका छन् ।

स्रोतका अनुसार साहले धुनषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई समाप्त पार्नेगरी बम विस्फोट गराउने योजना बनाएका थिए । त्यसबापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने बाचा छ ।

तर घटनामा जीवनाथ समाप्त नभएपछि साहले बाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थिया । विस्फोटपछि साह र मुकेशको सम्बन्ध विग्रिएको थियो ।
मुकेशले विस्फोटको केही समयपछि साहले धोका दिएको र आफ्ना मान्छे पक्राउ गराइर्दिका् भन्दै उनलाई सिद्दयाउने चेतावनी दिए । साहले पनि आफूलाई मुकेशले फसाउन खोजेको बताउँदै आएका थिए ।

उनीहरुबीचको टेलिफोनवार्ता समेटिएको समाचार प्रकाशित भएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेशकै भएको प्रमाणित गरेको थियो ।

त्यसपछि प्रहरीले सभासद् साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनी फरार रहेको भन्दै प्रहरीले पक्राउ गर्न सकेको छैन् । अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

आजको प्रमुख समाचार