विमानस्थलमा लगेज फोरेर चोरी

२७ चैत्र २०७०, बिहीबार ०७:२५ मा प्रकाशित

काठमाडौं, २७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान विमानसम्म लैजाने लोडरले लगेज फोरेर विदेशी मुद्रा चोरी गरेका छन् ।

एयर अरेबियाको उडानबाट शारजहा जान लागेका नेपाली यात्रु विश्वचन्द्र वादे श्रेष्ठको लगेज फोरेर ३ हजार २ सय ६० अमेरिकी डलर र दुई सय युरो चोरी भएको हो ।

उनले गन्तव्यमा पुगेपछि मात्र चोरीबारे थाहा पाएका थिए । त्यहाँबाटै उनले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा उदयपुरका १९ वर्षीय रमेश मिरिनचिङ्गलाई पक्रेको छ । आजाद निर्माण सेवाबाट खटिएका उनले जहासम्म सामान पुर्‍याउने क्रममा बीचमै लगेज फोरेका थिए ।

विमानस्थल सुरक्षा प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) यादव अधिकारीका अनुसार सीसीटीभी फुटेजमा पनि उनले चोरी गरेको दृश्य कैद छ । उनको साथबाट प्रहरीले चोरी भएको डलर र युरो बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा