एकजनाका लागि ऐनविपरीत निर्णय

२७ चैत्र २०७०, बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं, २७ चैत । एक भारतीय चिकित्सकले प्रक्रियाअनुरूप श्रम स्वीकृति (वर्क परमिट) लिन अस्वीकार गर्दै भारतीय दूतावासमार्फत (लबिइङ) गरेपछि श्रम सचिवले ऐनविपरीत निर्णय गरिदिएका छन् ।

सचिव सुरेशमान श्रेष्ठले गैरनेपाली नागरिकको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी मार्ग दर्शनु मा ऐनविपरीत संशोधन निर्णय गरेका हुन् । तर त्यसलाई श्रम विभागले कार्यान्वयन गरेको छैन । सचिव श्रेष्ठले ९० दिनभन्दा कमका लागि सोझै स्वीकृति दिन सकिने र भारतीयले कुनै शुल्क तिर्न नपर्ने गरी मार्गदर्शन संशोधनको निर्णय गरेका थिए ।

बयोधा अस्पतालमा काम गर्न आएका डा। सुनिल टण्डनले प्रक्रियाअनुरूप श्रम स्वीकृति लिन नमान्दै दूतावासमार्फत दबाब दिएको श्रम मन्त्रालयसम्बद्ध स्रोतले बतायो ।

अस्पतालमा काम गर्ने इजाजत मागेपछि मेडिकल काउन्सिलले टण्डनलाई पहिला श्रम स्वीकृति लिन भनेको थियो । मेडिकल अभ्यास गर्न काउन्सिलको अनुमति चाहिन्छ । टण्डनले दूतावासमार्फत स्वास्थ्य मन्त्रालयमा समेत दबाब दिएका थिए । यसबारे स्वास्थ्यले चिठी लेखेपछि श्रम सचिवले फागुन ३० गते मार्गदर्शन संशोधन गरेका थिए ।

श्रम ऐन, २०४८ ले अवधि नतोकी वर्क परमिट अनिवार्य गरेको छ । अरू विदेशीका लागि १० हजार र भारतीयसँग ५ हजार शुल्क लिने व्यवस्था ऐनले गरेको छ । ‘नब्बेभन्दा कम अवधिको श्रम स्वीकृति माग भएको खण्डमा सम्बन्धित मन्त्रालयले औचित्य देखाई सिफारिस गरे विभागले सोझै स्वीकृति दिनेछ,’ फागुन ३० को निर्णयमा भनिएको छ । उनले मार्गदर्शनको दफा १६९३० मा उल्लिखित भारतीय नागरिकका लागि ५ हजार शुल्क भन्ने वाक्यांश हटाउने निर्णय गरेका थिए ।

‘सचिवले ९० दिनभन्दा थोरैका लागि ऐनले तोकेको प्रक्रिया पूरा गर्नपर्दैन भन्नु ऐनको बर्खिलाप हो,’ विभागका एक निर्देशकले टिप्पणी गरे । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार