शिवदेव, अंशुवर्मा एवं लिच्छविकालीन बौद्ध चैत्य सम्पदा भेटियो

२७ चैत्र २०७०, बिहीबार ०७:०३ मा प्रकाशित

भक्तपुर, २७ चैत । जिल्लाको झौखेल ७ र ९ मा शिवदेव अंशुवर्माको अभिलेख एवं लिच्छवीकालीन बौद्ध चैत्य लगायतका सम्पदाहरु छरिएको अवस्थामा भेटिएको छ ।

इतिहास एवं पुरातत्वविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरेको अन्वेषणले उक्त सम्पदा पत्ता लगाएका हुन् ।

शिवदेव, अंशुवर्माको अभिलेख कुँदिएको शिलापत्र झौखेल धारासँगै बाटो किनारमा भासिएर हराउने अवस्थामा पुगेको अभिलेख भेटिएको हो । यो अभिलेख झौखेल गाविसमा फेला परेको पहिलो अभिलेख भएको श्रेष्ठले बताए ।

झौखेलधारासंगैको बाटोको पूर्वकिनारामा अपूर्ण अवस्थामा लिच्छवीकालिन चैत्य जीर्ण अवस्थामा भेटिएको हो । त्यससँगै बसाहाको प्रस्तर मूर्ति समेत भेटिएको छ । यसै नजिकै शिवको अस्तित्व हुनसक्ने श्रेष्ठले बताए । सँगै स्थानीयले पुजा गरिहेको गणेशको मूर्ति समेत छ । चैत्य, बसाहा र गणेशसंगै भेटिनुले परापूर्वकालमा पनि नेपालमा धार्मिक सहिष्णुता रहेको पुष्टी हुने श्रेष्ठ बताउँछन् ।

धाराको पश्चिमतिर एकघरको प्रवेशद्धारमै चौकुने आधार पेटिका सहितको अर्धगोलाकार गर्भमात्र बचेको अवस्थामा अर्को चैत्य अलपत्र अवस्थामा भेटिएको छ । सोही घरको पछाडि गोठमा गाईभैसीको मल खाल्डोमा ईश्वीको पाँचौ शताब्दीको अशोक चैत्य समेत फेला परेको छ ।

मल खाल्डोमा फालिएको अवस्थामा पंचध्यानी बुद्धको मूर्ति फ्याकिएको अवस्थामा भेटिएको छ । इतिहास विद् श्रेष्ठका अनुसार लिच्छवीकालीन विहार हुन सक्ने अनुमान गरिएको छ । झौखेलधारा मध्यकालीन लौकिक वास्तुकलाको एक नमूना हो ।

झौखेलधारामा भगीरथ मूर्ती रहेपनि धारासंगै पश्चिमपट्ट खेतमा रहेको मध्यकालीन शिलापत्र हराएको छ । त्याहाँ शिलापत्र रहेपनि केही समय अघि मात्रै उक्त शिलापत्र हराएको छ । यी भेटिएको सम्पदाका अनुसार झौखेल गाविस १५ सय वर्ष पहिले शहर रहेको अनुमान लगाउन सकिन्छ । झौखेलमा भेटिएको अभिलेखमा उल्लेखित नाम थंखोपृंसतलद्रङ्ग रहेको पुष्टी हुने प्रा.डा. श्रेगठले बताए ।

पुरातात्विक सम्पदाहरुको बुधबार पुरातत्व विभाग, अन्वेषणकर्ता श्रेष्ठ, पत्रकार र सरोकारवालाहरु सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनमा सहभागी पुरातत्व विभागका प्रमुख श्यामसुन्दर राजवंशीले पुरातात्विक महत्वको सम्पदाहरु छरपष्ट अवस्थामा रहेको पाइएकाले जतिसक्दो छिटो संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । अभिलेख एवं चैत्य संरक्षणका लागि जिल्लाको पुरातत्व विभाग दरबार हेरचाह तथा संरक्षण कार्यालयले जीणोद्धार गर्नुपर्ने सहभागीहरुले बताए । कान्तिपुर दैनिक

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार