ग्रीन कार्ड लिने कर्मचारीको नाम सार्वजनिक हुन्छ : पण्डित

२६ चैत्र २०७०, बुधबार २०:४५ मा प्रकाशित


मोरङ, २६ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पीआर एवं ग्रीन कार्ड लिनेहरूको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् ।
विराटनगरमा आज (बुधबार) प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले कर्मचारीको नामावली सङ्कलन अन्तिम चरणमा पुगिसकेको बताए । उनले नामावली सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि लैजाने दृढता व्यक्त गरे ।
‘देशको सेवा गर्छु भन्नेले पैसा कमाउनकै लागि डिभी र पिआर लिँदा नेपालीको स्वाभिमानमा आँच आएकाले त्यस्तो कार्य गर्नेलाई एकपल्ट सच्चिने मौका दिनु पर्छ,’ उनले भने, ‘नमान्नेलाई राज्यघातको आरोपमा कानूनी कारबाही थाल्छौं ।’
मन्त्री पण्डितले दोहोरो नागरिकता र अनुमति लिने सरकारी कर्मचारीको नामावली उपलब्ध गराउन विदेशी राजदूतसँग पनि कुरा गरिसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले