हाम्रो पहिचान भनेकै हामी नेपाली अमेरिकन हौ: प्राध्यापक डा. तारा निरौला

१९ बैशाख २०६९, मंगलवार २२:४० मा प्रकाशित

प्राध्यापक डा. तारा निरौला गैर आवाशीय नेपाली संघ एनआरएनका संस्थापक एबम अमेरिका च्याप्टरको पहिलो अध्यक्ष, अमेरिकाकै शैक्षिक पाठ्यक्रम निर्धारण र विकाशमा उल्लेखनिय योगदान गर्ने विज्ञहरुमा बिकेको विज्ञ र चर्चाको नाम ,कोलम्बिया विश्व बिद्यालयका प्राध्यापक, नेपाल मामलामा ह्वाइट हाउसका अवैतनिक सल्लहाकार अनि नेपाल र नेपालीको सदैब भलो चाहने अगुवा समाजसेवी हुन् । न्युयोर्क निवाशी नेपाली डायस्पोराका निरौलासंग हामीले केहि सिधा प्रश्न गरेका थियौ प्रस्तुत छ डा. तारा निरौलाको जवाफ :

१.-अमेरिका बस्नु भएको कति वर्ष भयो ?

उत्तर : म अमेरिकामा बसेको एक्काइस बर्ष भयो।

२.- कुन उद्देश्यले अमेरिका आउनु भएको ?

उत्तर : उच्च क्षिक्षा हाँसिल गर्ने उदेश्यले आएको थियं।

३.- अमेरिकामा तपाइको सपना र उद्देश्य पुरा भयो ?

उत्तर : उच्च क्षिक्षा हाँसिल गर्ने उदेश्य चाँहि केही हद्सम्म पुरा भयो।

४.- त्यो नेपाल र यो अमेरिकामा के के फरक पाउनु भयो ?

उत्तर: क्षिक्षण र शिकाईको परि पाटि, तरिका र बतावरण्मा निकै भिन्नता भएको मैले महसुस गरेको थिए मेरो विद्यार्थी जीवनमा । यहाँको शैक्षिक पारीपाटिमा विद्यार्थीले अध्ययन गर्नै पर्छ र सफलता र असफलताको पूर्ण जिम्मेवार पनि उ आँफै हुनुपर्छ । सफलता चाहनेहरुको लागि उचित शैक्षिक बातावरण पनि छ ।

५ अमेरिकाको कुन कुन राम्रा पक्ष नेपाल र नेपालीले सिक्नु जरुरी छ ?

उत्तर: तपाईंले शिक्षण र सिकाइको सन्दर्भ चाहेको कि राष्ट्रको समग्र कुरा गर्न खोजेको हो त्यती प्रष्ट भएन तापनि म् दुबै पक्षका केही कुरा राख्छु । राष्ट्रको समग्र पक्षबाट भन्दा मलाई के लाग्छ भने यो एउटा कानुनी राज्यको पारीकल्पनामा सृजित एक प्रजातान्त्रिक राष्ट्र हो । कानुको पारीधिमा सबै बस्नुपर्छ र सरकारका सबै अंगहरु पनि देशको संबिधान र यस्को आधारमा बनेका नियम र कानुनहरुको आधारमा चल्नुपर्छ र चल्छन पनि । यो अमेरिकाको कुरा हो तर नेपालको निकै लामो यात्रा छ यहाँ पुग्नलाई । अब आयो शिक्षा क्षेत्रको कुरा । यस् क्षेत्रमा चाहे त्यो सरकारी होस् या निजी क्षेत्रका बिद्यालय वा विश्वबिद्यालय हुन संघिय राज्यको नियम र शैक्षिक मापदन्ड अनुसहर चल्नै पर्छ । स्थानिय स्तरमा सन्चालन र ब्याबस्थापन सम्बधी अधिकार सदैलाई दिइएको हुन्छ । चाहे त्यो शीक्षक होस्, प्राध्यापक होस् वा सन्चालन अथवा शैक्षिक नेतृत्व दिने ब्यक्ती होस् उस्को नियुक्ती योग्यता वा दक्षताको आधारमा हुन्छ् । यतिमात्र होइन उनिहरु आफ्नो काम प्रती जिम्मेवार र जवाफदेही पनि हुन्छन र हुनु पनि पर्छ । यी माथि उल्लेखित कुराहरु मात्र नेपाल मा अनुकरण गर्ने हो भने देशको र देशका सबै शैक्षिक संस्थाहरुको अवस्था अर्कै हुन्छ भन्ने कुरा म आफु बिस्वस्थ छु । दुर्भाग्यको कुरा हो नेपालको हरेक स्तरको शैक्षिक क्षेत्रमा अनावश्यक र क्षैक्षिक वातावरणलाई विगार्ने प्रकारको हरेक राजनैतीक कृया कलापहरु हुन्छन र मेरो विचारमा प्रतेक दलहरु यस्का लागि जिम्मेवार छन् । प्रजातान्त्रिक पारीपाटिमा राजनैतीक अधिकार सबैको हुन्छ र हुनु पनि पर्छ तर यो अधिकारको अभ्यास गर्ने क्रममा अरुको अधिकार को हनन गरिनु हुन्न । देशको भविष्यमा खेलबाड गरिनु हुन्न ।

६.- अमेरिकामा बस्ने नेपालीहरुको अवस्था कस्तो छ ?

उत्तर: अमेरिकामा बस्ने नेपालीहरु वा नेपाली मुलका केही फाट्ट फुट्ट बाहेक स्थापित भईसकेको अवस्था छैन । अझै पनि अधिकाम्सको जिवन एकप्रकारको दैनिक संघर्षमै गुज्रेको छ । हाल अमेरिकामा नेपालबाट आएका नेपाली र नेपाली मुलका मिलाउदा लगभग दुई लाखको हाराहारिमा भएको हाम्रो अनुमान छ । गत २०१० को अमेरिकाको जनगणनाले ६० हजार जती नेपालीहरु अमेरिकामा रहेको देखाएको छ जस्मा धेरै हद सम्म नेपालीहरु जनगनणामा नपरेको स्पष्ट छ। राम्रो पक्ष के छ भने अमेरिकाको प्रत्यक राज्यमा नेपालीहरु छन। साथै दु:खको कुरा के छ भने हामी छरपट्ट भएर बस्नुको साथै नयाँ बासिन्दा भएकोले हामीले आर्थिक र राजनैतीक रुपमा आफ्नो शक्ति प्रदर्शन गर्ने अवस्थाम पुगिसकेका छैनौ । हामी यो नयाँ र बिकशित् देशमा आएरपनी आफ्नो आचरणमा परिवर्तन ल्याउन सकेका छैनौ। यस्को मतलब मैले आफ्नो नेपाली पन लाई बिर्सनु पर्छ भनेको चाहि होइन। नेपालको वर्तमान हावाले यहाँको नेपाली अमेरिकन समुदायलाई पनि सताएको छ । फेरी यस्को मतलब हाम्रो नेपाल प्रती चिन्ता हुनु हुन्न भनेको चाहि होइन ।

७.- नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन सकेका छैनन् कारण के होला ?

उत्तर : केही कुरा त माथि भनी सकें । केही साना अरु कुराहरु थप्छु । मेरो दृष्टिकोणमा के छ भने धेरै जसो हामी दुई डुंगामा खुट्टाहाले जस्तो भावनाले निकै ग्रशित छौं। यो स्वभाविक पनि हो। मेरो ब्यक्तिगत धारणामा अमेरिकामा आएका हामी मध्य कम्तिमा पनि ९५ प्रतिशत पुरै नेपाल फर्किन वाला छैनन्। यस्को मतलब नेपाल बिर्शने कुरो चाँही पक्का होइन । अमेरिका नै अधिकाम्सको कर्मभुमी र अबत बिस्तारै निकै को जन्मभुमी पनि हुँदै छ, र यो यथार्तताहो भने हामीले आफ्नो पहिचानलाई नमेटाइ नेपाली अमेरिकन पहिचान पनि बनाउन लाग्नु पर्छ । मत के भन्छु भने यदी हामीले यहाँ बसेर नेपालको राजनीति गर्नु भन्दा त्यस्तो चाहना भएका मित्रहरु ले नेपाल नै गएर गर्नु बेश हुने छ । होइन यहीं गर्नेहो भने अमेरिकाको राजनीतिमा लागौं न । यहाँ बसेर पनि हामी गौरवान्वित् हुन सक्यौं भने त्यो नेपाल को पनि गौरब हुने छ र त्यस्बाट नेपाल लाई धेरै फाईदा पनि हुने छ । हो नेपाल मा कुनै राष्ट्रिय संकट नै आउनलाग्यो भने विश्वको जुन भागमा भएपनी हामीले आफ्नो मातृभूमी प्रती चिन्तित भएर अन्तरराष्ट्रिय स्तरबाट बुलन्द रुपमा आवाज उठाउनु पर्छ। साथै नेपालको चौतर्फी बिकासमा हामी सधैं लाग्न सक्छौ । तर यहाँ
बसेर नेपालको दैनिक राजनीतिमा उफ्रनु त्यती अर्थपूर्ण देख्तिन, यो मेरो नितान्त ब्यक्तिगत धारणा हो ।

८.- नेपाली समुदायका संस्थाहरुले शिक्षा, स्वाश्थ्य , सामाजीक सुरक्षा, व्यापार, र राजनीतिक क्षेत्रमा समुदालाई केन्द्रित गरेर प्रभावकारी कार्यक्रम लेराउनु नसकेकै कारण नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन नसकेको भन्ने भनाइ संग तपाई कतिको सहमत हुनुहुन्छ?

उत्तर: यो प्रश्न सँग सम्बन्धित धेरै कुरा त मैले यो भन्दा अगाडिका दुई प्रश्नको जवाफको सन्दर्भमा भनिसकेको छू । अरु एक दुई कुरा थप्छु । यहाँ हामी पहिला नेपाली हौ र त्यस्पछी नेपाली अमेरिकन हौ । यस् कुरामा कुनै संकोच लिनु पर्ने करण छैन। निर्धक्क संग भने हुन्छ। अमेरिकामा ” नेपाली ” हाम्रो पहिचान को कुरा हो, बिर्सनु हुन्न। अर्को कुरा हामी “एक नेपाली” मा “अनेक नेपाली” पनि त छौं नि। यो कुरामा पनि बिचार गर्नु पर्छ । अझ नेपाल को सन्धर्भमा भन्नेहो भने त “एक” मा “अनेक” को समान पहिचान भएन भने हामीले कल्पना गरेको सुन्दर नेपाल बन्नेवला छैन। अमेरिका तिर फेरी फर्केर भन्नु पर्दा, पहिला हामीले सबै नेपाली भावनात्मक रुपमा एक हुनु जरुरी छ। हामीले हाम्रो नेपाली अमेरिकन अस्तित्वलाई मज्बुत बनाउने तिर जानु पर्छ। यहाँ आएर पनि हामीले हामी बिच हानाथाप गर्नु जरुरी छैन– यदी सहि अर्थमा अमेरिकामा एक ससक्त नेपाली समुदायको बिकास गर्ने हो भने। समय त निश्चय लाग्छ, तर सुरु त गर्नु पर्छ ।

९.- नेपाली समुदायका संस्थाहरु अमेरिकामा पनि नेपाली भाषा , संस्कृति र जातीय मुद्धामा केन्द्रित रहेका कारण पनि नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन नसकेको एउटा कारण हो भन्न सकिन्छ र समुदाय केन्द्रित संस्थाहरु र नेपाली मुलका अमेरिकीहरु पनि यस्तै मुद्दामा बिभाजीत भेटिन्छ ?

उत्तर : अगाडिनै मैले भनी सकें कि हामी “एक” मा “अनेक” छौं । यस्लाई हामीले समस्याको रुपमा लिनु हुन्न। कुरा के छ भने, हामी हाम्रा बिभिद जात जातिका आफ्नै बिशेष पहिचान छन र ति सम्बन्धित आब्श्यक्तालाई पनि बुझ्नु पर्छ र सम्मान् र बिकास पनि गर्नु पर्छ । तर नेपाली अमेरिकन को हैसियतले हामी हाम्रा साझा उदेश्य र महत्वका विषयमासबै मिलेर अगाडि बड्ने तिर पनि लाग्नु पर्छ। अमेरिकाको नेपाली समुदायमा अनगिन्ती संघ र संस्थाहरु छन–एक दुईजना भएका संस्था देखी पुरै समाज लाई नै ओगट्न खोज्ने संस्था वा संगठन पनि छन। ति मध्ये धेरै राम्रा काम गर्ने पनि छन र सिमित स्वार्थका लागि खोलिएका पनि छन । हाम्रो अर्को संस्थागत समस्या भनेको के हो भने धेरै हद सम्म कसरी संस्था चलाऊने त्यस्मा पनि हाम्रा धेरै कमजोरीहरु छन। कसैको ब्यक्तिगत संस्था छ भने मेरो भन्नु केही छैन तर नेपाली अमेरिकन समुदाय वा नेपाल को भलाई को लागि खोलिएका मुनाफ नगर्ने उद्देश्यका संघ वा संस्थाहरुमा पूर्ण पारदर्शिता हुनु पर्छ, राज्य र संघिय सरकार का नियम र आफ्नो बिधननको आधारमा सन्चालन गरिनु पर्छ । सार्वजनिक प्रयोजन्को लागि भएको हुनाले सबै कृयाकलाब सार्वजनिक र सामुहिक सर-सल्लाहको आधारमा संस्था सन्चालित हुनु पर्छ ।

१०.- यहाँले समुदायको हितमा कम गरेको लामो समय भयो, सक्रिय अगुवाको नाताले नेपाली मुलका अमेरिकीहरुलाइ मुलधारमा स्थापित गर्न के गर्नु पर्ला ?

उत्तर: म आफुलाई अगुवा भन्दापनी नेपाली अमेरिकन समुदायको एक साधारण सद्स्यको रुपमा चिनाउन चाहन्छु। अगुवाको एक साधारण अर्थ हुन्छ कुनै प्रकारले नेत्रित्व दिनु । म नेता होइन, नेपाली अमेरिकन समाज र नेपालको लागि सकेको केही गर्न चाहना राख्ने एक साधारण मान्छे मात्र हुं । स्पष्ट रुपमा नेपाल प्रती हामी सबैको चासो छ र माया ममता पनि छ । यो स्वभाविक कुरा हो। तर यहाँ बसी सकेपछी नेपाली अमेरिकन भन्न पनि हिच्किचाउनु हुन्न र हामी एकत्रित भएर आफ्नो शक्ती बढाउने तिर लाग्नु पर्छ । आफ्नो नेपाली पहिचान लाई ध्यान मा राखी अमेरिकामा आफ्नो अस्तित्व बढाउनु पर्छ-नेपालको अमेरिकन अस्तित्व बढाउनु पर्छ ।

११.-तपाईको रोजाइमा नेपाल कि अमेरिका ?

उत्तर: हाम्रो परिस्थितिलाई राम्रो विश्लेषण गरेर हेर्ने हो भने यो प्रश्न सोधेकोनै मिलेन । यो र उ होइन दुइटै हो । यस्मा जन्म भुमी र कर्म भुमी बारेमा मन्थन गर्नु राम्रो हुन्छ । मेरो लागि जन्माभुमि र आधा जीवन सम्म कर्म भुमी नेपाल थियो, हाल जन्म भुमी नेपाल यथावत छ तर कर्म भुमी अमेरिका भएको छ । नेपाल सँगको मेरो नाता टुट्दैन र अहिले को यथार्थतालाई पनि मैले ढाँट्नु हुन्न, कुरा त्यती मात्र हो ।

१२.-मातृभूमि नेपाल ठुलो राजनैतिक परिवर्तनको संघारमा छ , तपाई यति बेला हजारौ जति भाषा बस्ने मुलुक जहाँ जातीय राज्य हरु छैनन् बसी रहनु भयको छ भने उता तपाइंको मातृभूमि नेपाल जातीय राज्यको आन्दोलनमा अस्त व्यस्त छ तपाई के सुझाव दिनु हुन्छ जातिय राज्यको मागमा आन्दोलनरत समूहहरुलाई ?

उत्तर: म यस बिषयको ज्ञाता होइन, तर पनि म के भन्न चाहन्छु भने नेपाल को संघिय राज्य संरचनालाई हल्का रुपमा लिनु हुन्न। यस्मा बढी बैज्ञानीक दृष्टिले हेरिनु पर्छ। केवल हल्लाखल्ला र राजनैतीक भाग बन्डाको आधारमा मात्र गरिनु हुन्न भन्ने मेरो साधारण बुझाई हो। मैले संबिधान सभाको चुनाव पछी नेपालका केही नेतारुलाई -संबिधान बिद, जनसंख्याविद, अर्थ बिद, राजनैतीक शास्त्र बिद, भुगोल बिद, नेपाल बिद, श्रोत र प्राकृतिक श्रोत बिद आदी लागयत बिभिन्न जाती, जनजाती, दलित, महिला सबैको प्रतिनिधित्वहुने गरी उच्च इस्तरिय आयोग बनाउनु होस्; हरेक दलले आ- आफ्ना सुझाब दिनुहोस्; नागरिक समाज देखी लिएर सबै बर्गलाई पनि आ-आफ्ना सुझाबहरु दिन पाउने ब्यबस्था गर्नुहोस् र आयोग्लाई स्पष्ट सँग कुनै प्रकारको भेद्भाव को भावनाबाट टाढारही निस्पक्ष रुपमा बदी बैज्ञानीक प्रकृयालाई आधार बनाएर विश्लेषणगरी संबिधान सभालाई राज्य संरचना सम्बन्धी एक, दुई, र तीन सम्भावित प्रस्ताव दिनुहोस् भन्नुहोस् र प्रस्ताब आएपछी संबिधान सभामा गहिरो बहस गरी टुंगो लगाउनु भयो भने राम्रो होला कि भनेको थिएँ। त्यति भएन भने हुने वाला पनि छैन। बास्तविक् कुरा केहो भने नेपाल को इतिहाँसलाई नबिर्सि सबै अटाउने नेपालको खाँचो छ, त्यसैबाट मात्र “एक” मा “अनेकता ” ले भरिएको नेपाल को कल्याण् हुने छ। यो मेरो सानो दिमाग को सोचाइ हो ।

१२.- जाती भाषा र बर्णको नाउँमा अमेरिका आइपुग्दा पनि विभाजित मनस्थितिमा रहेका नेपाली मुलका अमेरिकीहरुलाइ तपाइको सुझाव के छ ?

उत्तर: माथि उल्लेखित कुराहरुमा अली कती मात्र पनि सोचाई पुर्याईदिए पुग्छ भन्ने मेरो सुझाब नभनु तर बिचार र आशा हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर