दुई समूहको बिवाद पछि अखिल क्रान्तिकारीको सम्मेलन प्रभावित

२६ चैत्र २०७०, बुधबार १७:४४ मा प्रकाशित


काठमाडौं, २६ चैत । दुई समूहबीचको बिवादले एमाओवादी निकट अखिल क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन बिथोलिएको छ ।
बिवादसँगै अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको विषय एमाओवादी हेडक्वार्टरमा पुगेको छ ।
आज (बुधबार) बसेको पूर्वपदाधिकारी बैठकमा विद्यार्थी नेताहरुले पार्टी हेडक्वार्टरले गर्ने निर्णय मान्न तयार भएको जनाए पछि पार्टीका तर्फबाट विद्यार्थी संगठन हेर्ने इञ्चार्ज हेमन्तप्रकाश ओली र संगठनका निवर्तमान अध्यक्ष हिमाल शर्मा लाजिम्पाट पुगेका छन् ।
पूर्वपदाधिकारी बैठकले गरेको निर्णयसहितको माइन्युट लिएर शर्मा र ओली अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका हुन् ।
यसअघि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएपनि नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने भन्दै नाराबाजी गरे पछि बन्दसत्र स्थगित भएको छ ।
विवादका कारण २४ गते नै सकिनु पर्ने सम्मेलन लम्बिएको छ । अध्यक्ष दाहाल पक्ष रमेश मल्ल र श्रेष्ठ पक्ष जागृत रायमाझीलाई अध्यक्ष बनाउन लबिङमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा