आन्दोलनबाट प्राप्त अधिकार नयाँ संविधानमा राख्छौं : प्रधानमन्त्री

२६ चैत्र २०७०, बुधबार ११:२१ मा प्रकाशित

काठमाडौं, २६ चैत । प्रधानमन्त्री सुशील कोइरालाले हालसम्मका प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त हक अधिकारलाई नयाँ संविधानमा लिपीबद्ध गरिने बताएका छन् ।

उनले नयाँ संविधानमा सबैका अधिकार समेटिने बताए । ‘जनआन्दोलन दिवस–२०७०’ का अवसरमा आज (बुधबार) शुभकामना सन्देश जारी गरेर कोइरालाले नेपाली जनताको झण्डै ७ दशक लामो संघर्ष र बलिदानले प्राप्त जनताका मौलिक अधिकार सहित गणतन्त्र र संघीयता जस्ता उपलब्धीलाई संस्थागत गरिने बताए ।

‘मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी देश विकासको गति तीब्र बनाएर मुलुकलाई समृद्ध र जनतालाई सुखी र सम्पन्न बनाउन वर्तमान सरकार दृढ रहेको छ,’ उनले भने ।

उनले मंसिर–४ मा सम्पन्न संविधानसभाको निर्वाचन पछि मुलुक संविधान लेखनको प्रारम्भिक चरणमा प्रवेश गरेको बताए । उनले जनआन्दोलनमा सहभागी सबैको प्रेरणलाई केन्द्रमा राखेर जाने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार